काठमाडौँ, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा […]
मुख्य समाचार
डुबेर एकैघरका दुईको मृत्यु
तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधवार अपरान्ह पौडी खेल्ने क्रममा एकैघरका दुईजनाको डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् । […]
१० लुटेरा फिल्मी शैलीमा लुटेर बेपत्ता : जमिनले खायो की आकाशले निल्यो
म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई हतियारधारी लुटेराहरुले फिल्मी शैलीमा लुटेर फरार भएका हुन् । मध्यरातमा अन्दाजी २:३० बजे भेन्टिलेसनको शिशा फोडेर मूल ढोका खोलेका […]
हिमाली भेगमा उच्च हिमपात, पश्चिमी भेगको जनजीवन प्रभावित
बैतडी, १० माघ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात […]
मोदीले केपी ओलीलार्इ एक महिनामा दुर्इपटक कल किन गरे
काठमाडाैं, १० माघ । निर्वाचनबाट ठूलो दल बनेपछि वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्रीका रूपमा उभिएका छन् । चीननिकट मानिएका केपी ओली भावी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतीय संस्थापन पक्ष ओलीसँगको सम्बन्ध सुधार्ने प्रयासमा लागेको छ । वाम गठबन्धन निर्माण चिनियाँ डिजाइनमा भएको आरोप भारतीय पक्षबाट लाग्दै आएको थियो । वाम […]
यसरी हुन्छ राष्ट्रिय सभामा मतदान, को को ले पाउँछन त मतदान गर्न ?
काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज (बुधबार) उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, […]
यस्तो बनाइदैछ सङ्घीय नेपालको कार्यकारी प्रमुखको भव्य संरचना
काठमाडौं, १० माघ । संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ । तर, यी तीनै तहबीच समन्वय गर्दै संघीय सरकारकै नेतृत्व गर्ने कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको कार्यालय कस्तो बन्दै छ ? संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ। तर, यी तीनै तहबीच समन्वय […]
सिमा मिचिनबाट बचाउन माग गर्दै सर्वोच्चमा मुद्दा दायर
नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेका हुन् । निवेदनमा सीमा रेखा कोर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ । सीमा […]
प्रचण्डले रास्ट्रिय सभामा पारे बादल र दिनानाथसहित १३ नेता : एकजना छान्न अझै सकस
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुन् । नेता शर्मा भने पूर्वमन्त्री तथा पार्टीको […]
प्रचण्डलार्इ आइलाग्यो अर्को ठूलो झमेला
काठमाडौं, ९ माघ । पार्टीभित्रका अनेक झमेला मिलाउदा मिलाउँदा हैरान भएका माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ अर्काे झमेला अाइलागेकाे छ । राष्ट्रिय सभाकाे निर्वाचनमा पार्टीका तर्फबाट ककसलार्इ उम्मेदवार बनाउने भन्ने झमेला उनीमाथि अाइलागेकाे हाे । जनतामा जान नसक्ने तर प्रचण्डकै वरिपरि लुतीपुती गरेर पद हत्याउन मरिहत्ते गर्ने र पद नपाए प्रचण्डलार्इ नै गाली गर्नेहरुकाे […]