काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा-५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्। उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा उल्लेख गरेका छन्। ‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र […]
मुख्य समाचार
रास्वपा मकवानपुरका सभापति पराजुलीले छोडे पार्टी, फर्किए कांग्रेसमा
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । उनी ३० वर्ष राजनीतिक जीवन बेतित गरेको पुरानै घर नेपाली कांग्रेसमा फर्किएका छन् । रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा […]
सुरक्षा अवस्था गम्भीर बनेपछि वीरगञ्जमा कर्फ्यु आदेश जारी
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको […]
अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको छ । अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा एक घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित गरी आक्रमण […]
पश्चिमी वायुको प्रभावले यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। बागमती र लुम्बिनी प्रदेशका उच्च […]
लिची बारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । पोखराको लिची बारी जग्गाको घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता एवं उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए। ‘पाँच लाख धरौटी माग भएको थियो। […]
‘पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छ’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक […]
क्लब ५० मा नयाँ नेतृत्व
काठमाडौँ क्ल्ब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न भएको छ । काठमाडौँ स्थिति अलोफ्ट होटलमा सम्पन्न १९ औँ साधारणसभाबाट निवर्तमान क्लबका वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँ अध्यक्षका लागि सर्वसम्मतबाट चयन भएको घोषण निर्वाचन आयुक्त दीपक मल्होत्राले गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार कार्की, उपाध्यक्ष युवराज श्रेष्ठ महासचिव हवेन्द्रप्रसाद देव कोषाध्यक्ष पदमराज सुवेदी कार्यकारिणी सदस्यहरुमा सुवर्ण […]
रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा २३ जना नियन्त्रणमा
काठमाडौँ । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादलाई थप चर्काउने भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ । जम्मेद र शाह सहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाईपनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले […]
विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सर्वोच्च अदालतले यसअघि उनले लगाएका आयात कर खारेज गरेपछि ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने बताएका हुन् । शुक्रबार उनले अदालतले खारेज गरेका शुल्कको सट्टा अमेरिकामा आउने सबै वस्तुमा १० प्रतिशत कर लगाइने बताएका थिए । […]











