पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त

काठमाडौँ, ७ चैत । सरकारले पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच आयोगका अध्यक्ष नियुक्ति गरेकी हुन् । राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम […]

प्रचण्ड विरुद्ध उजुरीः चियाको कपमा तुफान

नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई आतंककारी दर्ज गर्दै अमेरिकी संघीय जाँच व्यूरोमा गैरआवसीय एक नेपालीले उजुरी दिएको भनिएको सन्दर्भले नेपाल र नेपाल बाहिर रहेका नेपाली तरंगित छन् । इमेल पठाएको भनिएका व्यक्तिले सो बारेमा मुख खोलिसकेका छैनन् । उजुरी भनिएको इमेल फेक हो वा वास्तविक, यसको टुंगो पनि छैन । तर यसले नेपाली […]

काभ्रेको काफ्लेडाँडाबाट विप्लवका चार नेता पक्राउ

काठमाडौं, ६ चैत । मंगलबार राती काभ्रेको काफ्लेडाँडाबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ । गएराती काभ्रेको रोशी गाउँपालिका अन्तर्गत काफ्लेडाँडामा गोली चलेको खबर आएको थियो । दुबै पक्षबीच गोली हानाहान भएको भन्ने समाचार आए पनि त्यसबारे केही थाहा नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तर, […]

निर्मला हत्या प्रकरणमा फरार रहेका पूर्वएसपी विष्टले गरे अदालतसामु आत्मसमर्पण

कञ्चनपुर । निर्मला पन्त बलात्कारपछि हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट भएको थियो। विष्ट त्यतिबेला कञ्चनपुरका प्रहरी प्रमुख थिए। नेपाल प्रहरीले उनी लगायत ८ जनालाई प्रमाण नष्ट गरेको अभियोग लगाउँदै अदालतमा […]

दुबै मृगौला फेल भएपछि विद्यार्थी नेता मल्ल आइसियुमा

काठमाडौं । अखिल क्रान्तिकारीका पूर्व नेता केबी मल्ल गम्भीर विरामी भएका छन् । दुबै मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय […]

प्रज्ञा प्रतिष्ठानमा विप्लपुरुषमाथि बिमर्श

काठमाडौं, ५ चैत । महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रयासहरु भइरहे पनि भ्रष्टाचार नघटेको उनी बताउँछन् । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]

प्रचण्ड अस्पतालमा पुग्ने बित्तिकै उनी विरुद्ध अमेरिकी संघीय ब्यूरोमा उजुरी

काठमाडौं । प्रचण्ड विरुद्ध अमेरिकी संघीय ब्यूरोमा युद्ध अपराध र आतंककारी कार्यमा सम्लग्न भएको भन्दै उजुरी हाल्ने तयार गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष समेत रहेका प्रचण्ड अहिले अमेरिकामै छन् । प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स हस्पिटलमा पत्नी सिता दाहालको उपचारका लागि पुगेका छन् । प्रचण्ड अमेरिकाको अस्पतालमा पुग्ने बित्तिकै नेपाली मूलका […]

सात प्रदेशमा सुविधासम्पन्न पाँचतारे होटल खोल्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

काठमाडौं । देशकाे पर्यटन उद्याेगमा याेगदा गर्न र राेजगारी सिर्जनामा राज्यलाई सहयाेग पुर्याउन तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबै प्रदेशमा सुविधा सम्पन्न पाँचतारे हाेटेल खाेल्ने भएकाे छ । साे याेजना अनुसार सात वटै प्रदेशमा एकएक वटा पाँचतारे हाेटेल बन्नेछन् ।  साे कम्पनीका जनसम्पर्क निर्देशक गाेविन्दराम परियार भन्छन, “पर्यटन उद्याेगलाई व्यवस्थित गर्न साेही अनुरुपका संरचनाहरुकाे विकास हुनैपर्छ । […]

रवि लामिछानेलाई खुला चुनौतीः रवी जी गोयवल्सहरुले एकदिन आत्म हत्या गर्नेछन्

यदि यो युद्धकाल हुँदो हो त रवि लामिछानेले पचास लाख रूपैयॉ टाउकोको मूल्य तोकिएका फलानो फलानोलाई मार भनेर कसैलाई उक्साउन पनि सक्ने थिए । तर यो त बिस्तृत शान्ति सम्झौता पछिको अवस्था हो । यो अवस्थामा यदि कसैले कसैमाथि आक्रमणका लागि उक्साउॅछ, प्रोत्साहित गर्छ भने त्यो शान्ति सम्झौताको खिलाप हुन जान्छ । शान्तिवार्ता चलिरहेको समयमा […]

प्रतिबन्धपछि नेकपाका कार्यालय नियन्त्रणमा लिँदै सरकार

बुटवल, ५ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले धरपकड बढाउँदै गएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएर देशभर नेकपाका कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएको सरकारले सो पार्टी निकट रहेका व्यवसायीहरुलाइ पनि अनावश्यक दुख दिन थालेको खबर आएका छन् । यसैबीच रुपन्देहीको बुटवलमा रहेको नेकपाको कार्यालय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ […]