अस्ट्रेलियासँग पराजित हुँदै टी–२० विश्वकपबाट बाहिरियो भारतीय महिला टोली

लर्ड्स । भारतीय महिला क्रिकेट टोली टी–२० विश्वकपबाट बाहिरिएको छ। लर्ड्समा खेलिएको गर या मरको खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेपछि भारतको विश्वकप यात्रा समाप्त भएको हो। भारतले जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरे पनि एलिस पेरी र एश्ले गार्डनरको शतकीय साझेदारीले खेलको पाटो नै बदलिदियो। कप्तान हरमनप्रीत कौरको २७ बलमा ५६ रनको उत्कृष्ट […]

यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका ३४ भन्दा बढी जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ। महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, […]

नेपालका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेकी हुन् । संविधान […]

इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड

काठमाडौं । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन् । यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ […]

अपराजित अर्जेन्टिना र बराबरी खेल्दै अल्जेरिया-अस्ट्रिया पनि नकआउट चरणमा

काठमाडौं । साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो । जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, […]

अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ । यो आक्रमण होर्मुज जलडमरूमध्य नजिकै एक व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएपछि गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वासिङ्टन र तेहरानबीच भएको समझदारीपत्र (एमओयू) उल्लङ्घन गरेको आरोप लगाउँदै आवश्यक परे ‘सैन्य रूपमा सुरु गरिएको काम […]

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ।बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री […]

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एउटै मञ्चमा देखिने भएका छन् ।  मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु पनि सहभागी हुन लागेका हुन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता […]

आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको […]

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो । प्रहरीले गिरीको घरबाट के […]