वासिङ्टन डिसी । शक्तिशाली हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था […]
मुख्य समाचार
गण्डकीमा खुलाबाट कांग्रेसका तिमिल्सिना र महिलाबाट एमालेकी देवकोटा विजयी
पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए । त्यस्तै महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् । गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो […]
निर्वाचन मधेसको हितमा नरहेको सिके राउतको निष्कर्ष
ललिता साह, सप्तरी । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन मधेश आन्दोलनको हितमा नरहेको सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके ) राउतले बताएका छन् । सप्तरीको राजविराजमा पत्रकारसँग भेटघाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् । “देश नै नरहने आशंकाका मोडमा गरिएका अभ्यास हरुमध्येको एक नाटक […]
राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिम र लुम्बिनीमा सुरु भयो मतदान
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ । एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो । सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि […]
आमने–सामने बहस गर्न तयार छु : केपी शर्मा ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक पब्लिक डिबेटका लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका बेला ओलीले देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा स्पष्ट हुनुपर्ने बताएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच […]
नेपाल–चीन सीमा व्यापार समन्वय संयन्त्रको तेस्रो बैठक सम्पन्न
काठमाडौँ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेशन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेशन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठक चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा माघ ६–७ गते (जनवरी २०–२१, २०२६) सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास, लगानी र अन्य सहकार्यका विषयमा महत्त्वपूर्ण सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति […]
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम । रुकुम पूर्वमा परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गए रातिदेखि निरन्तर भइरहेको हिमपातले लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। लोकमार्ग अवरुद्ध भएपछि सवारीसाधन वारपार हुन नसक्दा काठमाडौँबाट छुटेका बसहरू समेत बाटोमै फसेका छन्। फसेका यात्रु र सवारीको अवस्थाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय […]
गण्डकीमा अब निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई वैधानिकता दिँदै कार्यान्वयन सुरु गरेको छ। माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले मौजुदा नियमावलीमा केही संशोधन गर्दै कार्यान्वयन अघि बढाउने निर्णय गरेको हो। यसअघि वैशाख ३० गते नै नियमावली पारित भए पनि सङ्घ सरकारको अवरोधका कारण कार्यान्वयन रोकिएको थियो। नियमावलीमा देखिएका अस्पष्टता हटाएर पुनः कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री […]
हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा राजमार्ग र विद्युत् अवरुद्ध
बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ भने प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। बैतडी र डडेल्धुरासहितका उच्च लेकाली क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातका कारण सवारी आवागमन ठप्प भएको हो। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै बन्द […]
यी हुन् मनोनयन दर्ता गरेर नाम फिर्ता गर्ने ४९ जना
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माघ ६ गते उम्मेदवारी दर्तागरेका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । १६५ वटै निर्वाचन क्षेत्रमा माघ […]











