काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि मध्याह्न १२:३० बजे बस्ने भएको हो। बैठक काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यक्रम तथा संगठनात्मक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।
मुख्य समाचार
राष्ट्रपतिलाई भेटेर आङ्देम्बेले जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ । त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए । सरकारले […]
सुकुमबासीलाई पर्याप्त सूचना र समय नै नदिएर हतारमा हटाइयो : कांग्रेस महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार गरिएको टिप्पणी गरेका छन्। पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीयता र व्यवहारिकता नभएको उनको भनाइ थियो। महामन्त्री पौडेलले सुकुमबासी बस्तीमा सुकुमबासी नै थिएनन्, हुकुमबासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुमबासीहरूको पहिचान […]
इरानले पठाएको नयाँ प्रस्तावमा ट्रम्पले भने- स्वीकारयोग्य छैन
काठमाडौँ । इरानले अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव पठाएको छ। इरान-अमेरिका शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेको पाकिस्तानमार्फत तेहरानले बिहीबार राति नयाँ प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानी सञ्चारमाध्यमहरूले पनि पाकिस्तानमार्फत अमेरिकालाई नयाँ प्रस्ताव पठाइएको पुष्टि गरेका छन्। यद्यपि प्रस्तावमा के उल्लेख छ भन्ने बारेमा खुलाइएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानबाट नयाँ प्रस्ताव प्राप्त भएको बताएका […]
बालाजु, माछापोखरी र स्वयम्भूको अतिक्रमित बस्तीमा चल्यो डोजर
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ । आज बिहान बालाजु, माछापोखरी र स्वयम्भू क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ […]
अविरल वर्षापछि पहिरो, कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प
काठमाडौँ । हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला […]
सगरमाथा आधार शिविरबाट अमेरिकी विशेष दूत गोरद्वारा कार्गो ड्रोन सार्वजनिक
काठमाडौँ । दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविर भ्रमणका क्रममा ‘अल्टा एक्स जेन २’ कार्गो ड्रोन सार्वजनिक गरेका छन् । स्रोतका अनुसार अमेरिकी कम्पनी फ्रीफ्लाइले निर्माण गरेको सो ड्रोन शुक्रबार आधार शिविरमै अनावरण गरिएको हो । ड्रोनको हाल केवल उद्घाटन मात्र गरिएको हो । आवश्यक सबै प्रक्रिया पूरा […]
जर्मनीबाट ५ हजार सेना फिर्ता गर्दै अमेरिका
काठमाडौँ । अमेरिकाले जर्मनीबाट आफ्नो ५ हजार सेना फिर्ता गर्ने तयारी गरेको छ। इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्न लागेका हुन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले स्रोतको हवाला दिँदै लेखेको छ। यही साताको सुरूवातमा जर्मन चान्सलर मर्जले इरानसँगको […]
पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले हावाहुरी, असिनासहित वर्षा हुने
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । […]
अमेरिकी विशेष दूत राजनीतिक भेटघाटमा व्यस्त, आज क-कसलाई भेटे ?
काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटको क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्नेबारे पनि कुरा भएको जनाएको छ […]











