भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित निमन्त्रणा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार लोहकिल्थली(लोकन्थली)मा सम्पन्न साधारण सभाबाट सुरेश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्। न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हरिगोपाल कर्माचार्यले जनाएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी र कोषाध्यक्षमा बसन्त पौडेल […]
मुख्य समाचार
नेपालको समस्या र समाधान – दिनेश मैनाली
नेपालको इतिहास र वर्तमान राजनीतिक यात्रा एउटा विडम्बनापूर्ण कथा हो। परिवर्तनका लागि पटक–पटक आन्दोलन भयो, रगत बग्यो, हजारौंले बलिदान दिए, तर देश अझै पनि उही समस्याको चक्रभित्र कैद छ। आजको यथार्थ यो हो कि नेपाली जनताले धेरै पटक आक्रोश व्यक्त गरे पनि त्यसभित्रको पीडा र चाहनाको सुनुवाइ भएको छैन। त्यसैले, प्रश्न उठ्छ—किन नेपालले अझै पनि […]
भक्तपुर दरबार क्षेत्रमा आन्दोलनको असर, सुनसान बन्दै पर्यटकीय शहर
भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य भक्तपुर दरबार क्षेत्रमा पर्यटकको चहलपहल घटेको छ । भिडभाड हुने सो क्षेत्र जेनजी आन्दोलनपछि अचेल सुनसान बन्दै गएको छ। केही दिनअघि सम्म दैनिक १ हजार २ सय देखि –१ हजार ५ सय सम्म बाह्य पर्यटक(बिदेशी)ले भ्रमण गर्ने यो दरबार क्षेत्र अहिले घटेर दैनिक दुई सयको हाराहारीमा सीमित भएको छ। […]
वाम एकताको पक्षमा उभियो एकीकृत समाजवादी
काठमाडौं । जेन–जी आन्दोलनपश्चात् उत्पन्न अन्योलग्रस्त परिस्थितिमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) वामपन्थी एकताको पक्षमा उभिएको छ । पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले केन्द्रीय सचिवालयको १० बुँदे निर्णय सार्वजनिक गर्दै विचार–सिद्धान्त मिल्ने पार्टीहरूसँग एकता र अन्यसँग सहकार्य गर्ने पहल अघि बढाउने निर्णय भएको जनाएका छन् । बैठकले मुलुकको सार्वभौमिकता, संविधान र संघीय […]
पत्रकार सम्मेलनमार्फत जेनजीको यस्तो माग
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न जेनजीले माग राखेका छन् । शुक्रबार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी छलि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् । जेनजीका सल्लाहकार डा. निकोलश भूसालले […]
फ्रान्समा सरकारको विरोध गर्दै हजारौं मानिसहरू किन निस्किए सडकमा ?
काठमाडौँ । फ्रान्समा दसौं हजार मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। राष्ट्रपति इमानुएल म्याक्रों र हालसालै उनले प्रधानमन्त्री बनाएका सेबास्टियन लेकोर्नुको विरोध गर्दै बिहीबार राजधानी पेरिसलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका हुन्। सरकारले २०२६ को बजेटमा सार्वजनिक खर्च कटौतीको योजनाहरू समावेश गरेपछि फ्रान्समा विरोध सुरू भएको थियो। सरकारको नीतिहरुको विरोधमा भइरहेको प्रदर्शनमा समर्थन बढिरहेको छ। […]
संविधान दिवसमा ‘नेपालको छोरी’ सार्वजनिक (हेर्नुस् भिडियो)
भक्तपुर । राग रागिनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको नयाँ राष्ट्रिय गीत “नेपालको छोरी” संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ। गीतमा टुना थापाको स्वर, कपिल कसपालको शब्द र भुपेन्द्र रायामाझीको संगीत रहेको छ। यस गीतको भिडियो निर्देशन निशान एस.के.ले गरेका छन्। गीतकार तथा सञ्चारकर्मी कपिल कसपालले “नेपालको छोरी” आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ […]
प्रचण्डको खुलासा : संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भयो
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन […]
सूर्यविनायक-५ मा डेरावालको तीनपुस्ते रेकर्ड गराउनुपर्ने, ३५ दिने म्याद जारी
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले घर बहालमा दिने घरधनीलाई आफ्नो बहालमा बस्ने व्यक्तिको विवरण बुझाउन अनुरोध गरेको छ। वडा कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै घर बहालमा दिने सबै घरधनीले बहालमा बस्ने व्यक्ति वा संस्थाको तीन पुस्ते विवरण ३५ दिनभित्र वडा कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको हो। वडा अध्यक्ष राजकुमार जोशीद्वारा […]
आन्दोलनको बहानामा पाँच तले मन्दिर ध्वस्त पार्ने षडयन्त्र थियो : विजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जेनजी आन्दोलनको बहानामा पाँंचतल्ले मन्दिर (ङातापोल)लाई ध्वस्त पार्ने षडयन्त्र गरिएको खुलासा गरे । गुन्हीपुन्ही सापारु अर्थात् गाइजात्रा- २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई बिहीबार […]











