काठमाडौं, पुस ९ । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा […]
मुख्य समाचार
काठमाडौँमा सवारी जाम न्यूनीकरण गर्न यति धेरै ठाउँमा लागु हुँदैछ वान वे
पुष ८, काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी जामको समस्या समाधान गर्न ट्राफिक प्रहरी महाशाखाले पहल थालेको छ। महाशाखाले विभिन्न सरोकारवालाहरुसँग यस सम्बन्धमा बिहीबार बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफल कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख जनक भटराईले उपत्यकामा दैनिकजसो सवारी जाम हुनुको मुख्य कारण सवारी साधनको बढ्दो चाप र छोटो तथा नजिक नजिक चौबाटोहरु रहेको […]
शिक्षक सेवाको विज्ञापन खारेज गर्न माग
काठमाडौं, पुस ८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता साहले त्यसलाई संशोधन या खारेज गर्न माग शाहले माग गरेका हुन् । ‘प्रदेश २ […]
रञ्जु दर्शनाद्वारा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा
काठमाडौं, पुस ८। विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा […]
एमाले अब माथि उठ्न सक्दैन : खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको उनले टिप्पणी गरे। उनले जनताले शक्तिशालि बनाएको […]
व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुग्यो
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ । भन्सार विभागद्वारा विहीबार जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा […]
महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् । बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २–० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको […]
मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित
एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । अल जजिराका अनुसार बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । सो राज्यमा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । यस्तै पेहांग राज्यमा ७ जनाको मृत्यु […]
सर्वोच्च अदालत परिसरमा नारा जुलुस नगर्न निर्देशन
पुष ६,काठमाडौँ। सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस नगर्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन गरेको डेढ महिनापछि सर्वोच्च प्रशासनले एस्तो निर्देशन दिएको हो। कात्तिक १६ गतेदेखि प्रधान न्यायाधिश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सर्वोच्चको मुल गेटमै धर्ना दिँदै आएका कानुन ब्यबसायीले यस अघि कालोपट्टी बाँधेर […]
त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज
काठमाण्डौ, पुस ५। त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने छन् । दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार […]











