काठमाडौँ । प्रधानमन्त्री शुसीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए । घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य […]
मुख्य समाचार
एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ । पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो । आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको […]
विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री कार्की
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमा पद्माले छोराको शिघ्र रिहाइका आवश्यक कुटनीतिक पहल […]
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन् । सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ । त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको […]
नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या
काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका […]
विशेष महाधिवेशन गर्न गगन थापाले हस्ताक्षर अभियान चलाएको भन्दै एकजुट भए देउवानिकट पूर्वपदाधिकारी
काठमाडौँ । नेपाली कांग्रेसका ५ जना पूर्वपदाधिकारीहरूले आज चाक्सीबारीमा छलफल गरेका छन्। महामन्त्री गगन थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतको साथ लिएर विशेष महाधिवेशन प्रस्ताव अघि सारेको भन्दै सभापति शेरबहादुर देउवानिकट ५ पूर्वपदाधिकारी एकजुट भई छलफल गरेका छन्। पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र प्रवक्ता […]
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।
पोखराकी २२ वर्षीया युवती काठमाडौंको गेस्ट हाउसमा मृत फेला
काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।
सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । […]
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समाजको भनाइ छ। ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले सुशासनलाई शान्तिको पूर्वशर्तका रूपमा कार्यान्वयन गर्न […]











