जनकपुरधाम, ४ माघ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]
मुख्य समाचार
सर्वोच्च अदालतका न्यायाधीश सहित २४ जनालाई कोरोना संक्रमण
माघ ३, काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको प्रवक्ता दाहालले बताउनु भयो । न्यायाधीश, […]
सरकारले भन्यो– लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो
काठमाडौं, २ माघ । नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन् । त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग […]
धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी
काठमाडौं, २ माघ । धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् […]
बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्न मन्त्री आले पशुपतिमा
काठमाडौं, २ माघ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले होटेल चलाएको लगायत अन्य ठाउँकोसमेत आइतबार बिहान निरीक्षण गरेका हुन्। धर्मशाला भाडामा लिएर होटल आनन्द चलाइरहेको विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले […]
रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड
म्याग्दी, २ माघ । उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र […]
गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा गाडी दुर्घटना
गुल्मी, २ माघ । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मीदरबार गाउँपालिकाको बडानम्बर३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् । शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० […]
धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात
काठमाडौं,२ माघ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा […]
पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो
काठमाडौं, २ माघ । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिक टोलीले जहाज जाँच गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । उनले भने, ‘कस्तो खालको प्राविधिक गडबडी […]
उपेन्द्र र बाबुरामबीच खटपट
काठमाडौं, २ माघ । विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी ९जसपा० मा गम्भीर विवाद देखिएको छ। जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ। भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग […]











