मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम, ४ माघ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो ।

मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए ।

सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम टुंगो लागेको हो । मधेस नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।

Loading...