काठमाडौं उपत्यकामा सवारी साधनमा जोर-विजोर लागू

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा सवारीसाधनमा जोर-विजोर लागू गरिएको  छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले आज बिहिबार यस्तो निर्णय गरेको हो। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय भए अनुसार  शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने भएको छ । नयाँ व्यवस्था अनुसार […]

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा […]

नेपालमा पनि पार्किङ ऐन स् घरमा पार्किङ रहेको प्रमाणित गरेपछि मात्र सवारी !

काठमाडौं, ५ माघ । नयाँ सडक मात्र होइन राजधानीका सबै व्यस्त बजार क्षेत्रको समस्या यो हो । यसरी पार्किङ नपाएका सवारी सडकमा नै रहन्छन् अनि एक ठाउँको जामले पूरै राजधानीका सडक अस्तव्यस्त बनाउँछ । पार्किङसम्बन्धी नीति र कानुनको अभाव तथा विद्यमान मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ उपत्यकामा पार्किङ व्यवस्थापन जटिल बन्दै गएको […]

एमालेका सबै कार्यक्रम स्थगित

काठमाडौं, ५ माघ । कोरोना भाइरस को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई […]

स्थानीय तहको चुनाव वैशाखमै हुने

काठमाडौँ । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]

काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो । गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । […]

प्रदेश योजना आयोगद्वारा १० विद्यार्थीलाई शोधवृत्ति

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले १० जना विद्यार्थीलाई एक–एक लाख रुपैयाँको शोधवृत्ति प्रदान गरेको छ । गत वर्षदेखि प्रदान गर्न थालेको शोधवृत्ति यसवर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका मनोज बस्नेत र सन्दिप अर्याल, अमृत साइन्स क्याम्पसका नमुना पौडेल, अजयकुमार बजगाईं र निरा चण्डी, त्रिभुवन विश्वविद्यालय एक्वा कल्चर विभागका गणेश बेल्बासेलाई दिइएको हो […]

उदयपुरमा फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो

उदयपुर, ४ माघ । देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि महिनौँ समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोली पल्ट नै पालो आउने गरेको छ । उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट […]

सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, ४ माघ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष […]

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम, ४ माघ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]