काठमाडौं उपत्यकामा सवारी साधनमा जोर-विजोर लागू

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा सवारीसाधनमा जोर-विजोर लागू गरिएको  छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले आज बिहिबार यस्तो निर्णय गरेको हो।

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय भए अनुसार  शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने भएको छ ।

नयाँ व्यवस्था अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।

जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् । सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

 ६_गते_जारी_आदेश हेर्न  याहा क्लिक गर्नु होला

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 

 

Loading...