मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा हिमपातप, त्रिभुवन राजजपथ अवरुद्ध

मङ्सिर ८  , मकवानपुर –  हिमपातपकारन  त्रिभुवन राजजपथ अवरुद्ध बनेको छ । बिहीबारको वर्षापछि रातिबाट नै  मकवानपुरको सिमभञ्ज्याङ , दामन  क्षेत्रमा हिमपात भएको हो ।     

काठमाडौँ हेटौडा जोड्ने राजमार्गमा सडक ढाकिने गरि बाक्लो हिउ  जमेपछी  शुक्रबार बिहानैबाट त्रिभुवन राजजपथ अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  त्रिभुवन राजपथअन्तर्गत दामन -चुनियाँ–पालुङ सडक खण्डको सिमभञ्ज्याङ क्षेत्रमा साढे तीन किलोमिटर क्षेत्रमा सडकमा हिउँ जमेर आवागमन ठप्प भएको स्थानि होटल ब्यबसायीले दिएका छन्   । सडकमा जमेको हिउँ पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवकता  प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले   बताउनुभयो ।

उच्चपहाडी भूभाग भएको यो क्षेत्रमा  हरेको वर्ष हिउदमा प्राय  जसो हिमपात हुने गर्छ । गत पुस १४ गते दामन–सिमभज्याङ क्षेत्रमा यो बर्षको पहिलो पटक हिमपात भएको थियो ।

 सिमभञ्ज्याङ- दमन  क्षेत्रमा हिमपात भएपछि  काठमाडौँ तथा मकवानपुरबात  हिउँमा रमाउने  आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । 

Loading...