सरकारले भन्यो– लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो

काठमाडौं, २ माघ । नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन् । त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताएका छन् ।

साथै मन्त्री कार्कीले नेपाल भारत बीच रहिआएको घनिष्ठ र मैत्रिपुर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

Loading...