बाबुराम र नारायणकाजीमाथि लाखौ रुपैयाँको बाजी

गाेरखा, १२ मंसिर । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ । पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने […]

मतपेटिकालार्इ लक्षित गरी बम प्रहार

जाजरकाेट, ११ मंसिर । अाइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट भएको छ। सोमबार बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो। विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। ‘कुशे गाउँपालिका–१ को रोलखोला भन्ने […]

पृतनापति र एआइजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दा पनि थवाङमा खस्यो न्यून मत

राेल्पा, १० मंसिर । राेल्पाकाे थवाङ यसपटककाे निर्वाचनमा पनि धेरैकाे चासाेकाे केन्द्र बन्याे । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि अाज भएकाे मतदानमा धेरैले थवाङमा के हुन्छ भनेर नजर लगाइरहे । थवाङले पहिले जस्तै शुन्य मतदान गर्छ कि गएकाे स्थानीय निर्वाचनकै जस्ताे हुन्छ भनेर चासाे थियाे धेरैकाे । यसपटक पनि थवाङले यसअघिकाे जस्तै अाफ्नाे […]

कालिकोट तनावग्रस्त, राती भएको झडपमा घाइते भएका २ प्रहरीलाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइदै

काठमाडौं, १० मंसिर । कालिकोटको मालकोटका जनता मतदान गर्न नजाने घोषणा गरेपछि नेपाली सेना र प्रहरीको टोलीले गाउँमा गएर धम्की दिन थालेको छ । नेपाली सेनाको टोलीले मालकोटमा हवाइ गस्ती गरेर त्रास उत्पन्न गर्ने प्रयास गरिरहेको छ भने नेपाल प्रहरीको टोली गाउँमा गएर घर खानतलासी गर्ने मतदान केन्द्रमा जान धम्की दिने गरिरहेको खबर प्राप्त भएको […]

बालकृष्ण ढुङ्गेललार्इ गिरफ्तार गर्दा यी कुरा किन बिर्स्याे सरकारले ?

बालकृष्ण ढुंगेल र मुद्दा जनयुद्ध र शान्ति सम्झौतासँग जोडिएर आएको बालकृष्ण ढुंगेलको नाम यतिखेर खुब चर्चामा रह्यो । २०२२ सालमा ओखलढुंगा पोकलीमा जन्मेका बालकृष्ण ढुंगेल विद्यार्थी कालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रुपमा लागेका व्यक्ति हुन् । २०५२ साल फागुन १ गते ने.क.पा (माओवादी) द्वारा घोषित जनयुद्धमा बालकृष्ण ढुंगेल पनि सक्रिय रुपमा सहभागी भए । उनी […]

एमाले अध्यक्ष केपी अाेलीकाे घरमै बम विष्फाेट

झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् । मूल गेटमै थप एउटा बम फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल […]

क्यूबा र उत्तर काेरिया मिलेर अमेरिकासँग लड्ने

काठमाडौं, ७ मंसिर । उत्तर कोरिया र क्युबाले अापसमा सहकार्य गरेर अगाडि बढ्‍ने बताएका छन् । अमेरिका विरोधी दुबै देशहरु पछिल्ला विकसित परिस्थितिजन्य विषयसँग मिलेर अमेरिकाकाे मुकाबिला गर्ने भएका हुन् । क्युबाको राजधानी हवानामा दुई देशबीच सो सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । क्यूबा भ्रमणमा रहेको उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली […]

प्रधानमन्त्री देउवामाथि हेलिकप्टरबाट झर्ने बित्तिकै बम प्रहार

प्रधानमन्त्री शेरबहादुर देउवा नै बम विष्फाेटमा परेका छन् । देशभर बम विष्फाेटका घटना बढेपछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका देउवा अाफै विष्फाेटमा परेका हुन । कालिकाेटकाे काेटवाडामा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रममा प्रमुख अथितिका रूपमा गएका प्रम देउवालाई लक्षित गरि वम विष्फाेट गरिएकाे हाे । देउवा हेलिकप्टरबाट अाज विहानै कालिकाेट गएका थिए । […]

शोकमा डुबेका प्रचण्डलार्इ केपीले लेखे भावुक पत्र (चिठीको पूरा पाठ)

काठमाडाैं, ६ मंसिर । अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि परेेकाे शाेकले समस्या पारेकाे पत्रमा अनुभूति दिएका छन् । गठबन्धनका एक मुख्य नेताकाे हैसियतमा निर्वाचन […]

मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन, प्रकाशको मृत्यु हर्ट अट्याकले भयो भन्नु अपरिपक्वता

काठमाडौं, ५ मंसिर । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले प्रकाश दाहालको मृत्यु ‘हर्ट अट्याक’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्। डा. रेग्मीले पोष्टमार्टम नगरेर प्रकाशको मृत्यु हर्ट अट्‍याकबाट भए भन्‍न नमिल्ने बताए । प्रकाशको शवको पोस्टमार्टम नगरेका कारण उनको मृत्युको कारण पत्ता लाग्न बाटो सदाको लागि अन्त्य भएको समेत डा. रेग्मीको भनाइ छ […]