कांग्रेस नेता निधिको आक्रमणमा परी राजपा नेता महतोको टाउको फुट्यो

धनुषा, २० मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ । मंगलबार जनकपुरमा भएकाे अाक्रमणबाट उनकाे टाउकाेमा चाेट लागेकाे छ । धनुषा-३ बाट उम्मेदवार रहेका महतोमाथि भएकाे अाक्रमणमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकाे हात रहेकाे बताइएकाे छ । राजपा नेता महताेले अाफूमाथि निधिले अाक्रमण गरेकाे अाराेप लगाएका छन् । निधि […]

गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारलार्इ रिहा गर्न माग गर्दै सर्वोच्चमा तीन रिट

  काठमाडौँ, १९ मंसिर । गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारकाे रिहाइकाे माग गर्दै अाज सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । संविधानले प्रत्याभूत गरेका माैलिक अधिकारकाे उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राजकाे विरुद्ध भएकाे भन्दै रिटमा नेपाल सरकारलार्इ नै विपक्षी बनाइएकाे छ । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य […]

चुनावको बीचैमा कांग्रेस गठबन्धनबाट अलग्गिए बाबुराम भट्टराई

काठमाडौँ, १८ मंसिर । अाफ्नाे क्षेत्रकाे निर्वाचन सकिए लगत्तै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई काँग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धनबाट अलग भएका छन् । उनले यही १४ मंसिरमा अाफ्नै ह्यान्डराइटिङमा लिखित एक विज्ञप्ती सार्वजनिक गरी गठबन्धनबाट बाहिरिएकाे छनक दिएका हुन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका भट्टराईले पहिलो चरणको […]

शरद गौचन हत्याका मुख्य योजनाकार चितवनमा यसरी परे सीआर्इबीको फन्दामा

काठमाडौं, १७ मंसिर । राजधानीमा दिउसै गाेली हानेर हत्या गरिएका निर्माण व्यवसायी शरद कुमार गाैचनकाे हत्यामा सम्लग्न मुख्य याेजनाकार गिरफ्तार परेका छन् । गाैचन हत्यामा मुख्य याेजनाकार भनिएका समिरमान सिंह बस्नेतलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलार्इ चितवनबाट पक्राउ गरिएकाे जानकारी दिएकाे छ । उनलार्इ हिजाे मंसिर १६ गते नै पक्राउ […]

पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी कर्मचारी दिपिका गिरफ्तार

काठमाडाैं, १६ मंसिर । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीअार्इबी)ले पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी एक महिला कर्मचारीलार्इ गिरफ‍्तार गरेकाे छ । कृषि विकास बैंक न्यूरोड शाखामा कार्यरत दिपिका रेग्मीलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनीसँगै अन्य ३ जना व्यक्ति पनि पक्राउ परेका छन् । दिपिकासँगै पक्राउ पर्नेमा बालाजुका प्रकाश घतानी र दोलखा घर […]

केपी ओलीले भने, ‘एमाले कम्युनिस्ट पार्टी नै होइन, जनयुद्ध प्रचण्डको ठूलो सैद्धान्तिक भूल थियो’

काठमाडाैं, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी कम्युनिस्ट पार्टी नभएकाे बताएका छन् । साथै उनले मार्क्सले भनेकाे समाजवाद र साम्यवाद केवल भन्ने र देखाउने मात्र भएकाे भन्दै त्याे लागु नहुने कल्पवृक्ष मात्र भएकाे स्पष्ट पारेका छन् । राजधानीबाट प्रकाशित एक दैनिक पत्रिकाका चर्चित सम्पादकलार्इ अाफ्नै निवासमा बाेलाएर अाेलीले साे कुरा […]

प्रचण्डले खोले अर्को रहस्य, अबको प्रधानमन्त्री केपीलार्इ बनाउने सहमति भएको प्रचण्डको दावी

काठमाडौं, १४ मंसिर । वाम गठबन्धनकाे देशव्यापी लहर राम्राे भएकाे भन्दै नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब वामपन्थीकाे नेतृत्वमा स्थायी सरकार गठन हुने दावी गरेका छन् । साथै प्रचण्डले अब बन्ने सरकारकाे नेतृत्व एमाले अध्यक्ष केपी शर्मा अाेलीले गर्ने घाेषणा पनि गरेका छन् । प्रचण्डले एक सञ्चारमाध्यमसँग कुरा गर्दै साे घाेषणा गरेका हुन् । […]

सिंहदरवारमा करोडौं रकम बाँड्दै सरकार, देउवाले कार्यकर्तालार्इ बाँडे राज्यकोषबाट ७५ करोड

काठमाडौं, १४ मंसिर । निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ […]

राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ

बर्दिया, १३ मंसिर । बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी […]

चुनावको मुखैमा मतदाताकाे घरघरमा ओलीको पत्र, बन्द खामभित्र यस्तो पो रहेछ

काठमाडाैं, १२ मंसिर । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ । पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । […]