१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर । परिवारमा यस्तो विजाेग

पर्वत, २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन् । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको […]

कञ्चनपुरमा गोली चल्यो । दुर्इ भारतीय घाइते

महेन्द्रनगर, २३ भदाै । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको छ। घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ। करिब राति १० बजेको […]

चिनियाँ कम्युनिस्ट पार्टीको कांग्रेसमा माओका नातीलार्इ किन बोलाइएन ?

काठमाडाैं । आउँदो अक्टोबरको मध्यमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ कंग्रेसको तयारी चलिरहेको छ। तर सो पार्टी कंग्रेसमा माओ त्से तुङका एक नातिलाई भने निम्त्याइएको छैन। जनमुक्ति सेनाका मेजर जनरल माओ सिन्यु माओ त्से तुङका नाति हुन्। तर चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना मानिने पार्टी कंग्रेसमा उनलाई निम्त्याइएन। माओ सिन्यु मात्र होइन, पिएलएमा रहेका अरु […]

८८ किलाे सुन तस्करीका मुख्य नाइके पाँचतारे हाेटेलबाट एकाएक गायव

काडमाडौं, २२ भदाै । प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए । होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल […]

२५० यात्रु बोकेको जहाज टोकियोबाट उडेको केही मिनेटमै चरा ठोक्किएपछि

टोकियो, २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ । […]

वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

काठमाडाैं । भारतको कर्नाटक बेंगलुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । समाचार एजेंसी एएनआईको हवाला दिदै भारतीय अनलाइन अमर उजालाले बदमाशहरुले मंगलवार बेंगलुरुको राजाराजेश्वरी नगर स्थित उनको घर भित्र पसेर अपराधलाई अंजाम दिएको बताएको छ ।   मीडिया रिपोर्टको अनुसार बेलुकी करीब साढ़े आठ बजे तीन अज्ञात हमलाकारीले गोली हानेर उनको […]

रिसाेर्टमा कम्युनिस्ट कार्यकर्तालार्इ मार्क्सवाद पढाउन लगिए कांग्रेस नेता प्रदिप गिरी

काभ्रेकाे धुलिखेलमा एउटा रिसाेर्ट छ मिराबेल रिसाेर्ट । त्याे रिसाेर्ट पनि काग्रेस नेताकाे हाे । त्याे रिसाेर्टलार्इ कम्युनिस्ट कार्यकर्तालार्इ पढाउने स्कूल बनाइयाे । १० हजार युवालार्इ मार्क्सवाद पढाउने घाेषणा गर्दै कांग्रेसी रिसाेर्टमा कांग्रेस नेतालार्इ नै मास्टर बनाएर मार्क्सवाद पढाइयाे ३५० जति कम्युनिस्ट नेता कार्यकर्तालार्इ । सामान्यत: कम्युनिस्ट कार्यकर्ताकाे स्कूलिङ गाउँका झुपडीमा हुने गर्छ । पछिल्लाे […]

अहिलेसम्मकै ठूलो मात्रामा ८८ केजी सुन बरामद । यस्तो छ सुन तस्करको खतरानाक जालो

काठमाडाैं, १९ भदाै । प्रहरीले काठमाडाैंकाे क्षेत्रपाटीबाट ८८ किलाे सुन बरामद गरेकाे छ । महानगरीय प्रहरी अायुक्त जयबहादुर चन्दले विशेष सूचनाका अाधारमा प्रहरी टाेली खटाएर साे परिमाणमा सुन बरामद गरिएकाे बताए । प्रहरीले बरामद गरेकाे याे सुन अहिलेसम्मकै ठूलाे हाे । प्रहरीले सुन बाेकेकाे गाडी र त्यसका चालकलार्इ पनि नियन्त्रणमा लिएकाे छ । अवैध रुपमा […]

आचारसंहिता उल्लंघन गर्ने नेतालाई जेल हाल्ने आयोगका आयुक्तको चेतावनी

कलैया, १९ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गरेका छन् । बाराको कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरूले व्यापकरूपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गरे । संविधान कार्यान्वयन […]

कांग्रेसको भ्रष्टाचारी मोह कि भ्रष्टाचारीको कब्जामा कांग्रेस रु

काठमाडाैं, १९ भदाै । सत्ता नेतृत्वको दल कांग्रेसको भ्रष्टाचारमा सजाय पाएकालाई संसद् र प्रदेश तहमा उम्मेदवार बन्न दिनुपर्ने अडानले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक अन्योलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा संसद्को राज्यव्यवस्था समितिबाट विधेयक अघि बढ्न सकेको छैन । सत्तासीन उदासीनता निर्वाचन आयोगले निर्वाचनसम्बन्धी विधेयक यथाशक्य शीघ्र पारित गरिदिन निरन्तर आग्रह गर्दै आए पनि […]