एपीसीमा सशस्त्रका वरिष्ठ अधिकारी र ठेकेदारबीच अचम्मको खिचातानी, शान्तिमिशन गुमाउँदै नेपाल

काठमाडौं, २८ मंसिर । फर्म्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन् । चार वर्षअघि नै […]

चार वटा दल मात्र राष्ट्रिय दल बन्ने, बाँकीको समानुपातिक सिट कटौती

काठमाडाैं, २७ मंसिर । नयाँ संविधानमा गरिएकाे थ्रेस हाेल्डकाे व्यवस्थाका कारण यसपटक चार वटा दल मात्र राष्ट्रिय पार्टी बन्ने देखिएकाे छ । अहिलेसम्मकाे मतगणना अनुसार चारवटा दलले मात्र थ्रेसहाेल्ड कटाएका छन् । समानुपातिक तर्फकाे मतगणना अझै जारी रहेकाले अब अर्काे एउटा पार्टी थपिएर पाँचवटा पार्टी राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना छ । राष्ट्रिय जना पार्टी […]

प्रहरीको सर्वाधिक खोजीमा रहेका फरार अभियुक्तले अत्यधिक मतले चुनाव जिते

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका अभियुक्तले चुनाव जितेपछि अहिलेकाे चुनावका बारेमा अर्काे टिप्पणी सुरु भएकाे छ । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले अत्याधिक खोजी गरिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उनी […]

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी केन्द्रलाई अागामी सरकारको चावी बुझाउने देखिएको छ । यो समाचार तयार पार्दासम्म एमालेले ४७ स्थानमा जित हात पारिसकेको छ भने ३१ स्थानमा अग्रता लिएको छ । त्यसैगरी माओवादी केन्द्रले १६ स्‍थानमा जितेको छ भने १३ […]

समानुपातिक तर्फ पनि एमाले पहिलो माओवादी केन्द्र तेस्रो

काठमाडौं, २४ मंसिर । प्रत्यक्ष निर्वाचनमा पहिलाे स्थानमा लिड गरिरहेकाे नेकपा एमाले समानुपातिक तर्फ पनि अग्रस्थानमा रहेकाे छ । हाल पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । अहिलेसम्म मतगणना सुरु भएका करिब आधा दर्जन निर्वाचन क्षेत्रकाे परिणाम अनुसार एमालेले अग्रस्थान हासिल गरेकाे छ । त्यसैगरी नेपाली कांग्रेस दाेस्राे स्थानमा छ भने […]

मतगणना चल्दै गर्दा विप्लवले दिए यस्तो चेतावनीः अब नयाँ सत्ता विस्तार

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्‍यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् । चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक गर्न शनिबार साँझ जारी गरेको विज्ञप्तिमा विप्लवले भनेका छन्, ”कतिपय सञ्चार माध्यमले बम पड्काएर […]

गोरखामा निरन्तर अग्रता लिँदै बाबुराम, नारायणकाजी निरास

गाेरखा, २३ मंसिर । देशभर वामगठबन्धनले ध्यान तानिरहँदा गाेरखामा भने नयाँ शक्तिले ध्यान तानेकाे छ । धेरैकाे अनुमान विपरित नयाँ शक्तिका संयाेजक समेत रहेका बाबुराम भट्टरार्इ गाेरखा क्षेत्र नं. २ मा एक्लै अगाडि बढिरहेका छन् । नयाँ शक्तिकाे देशभर कतै अग्रता छैन र मत पनि धेरै अाएकाे छैन । तर गाेरखा २ मा बाबुरामले वामगठबन्धनका […]

गोरखामा बाबुरामले काजीमाथि २ हजारको मत अन्तर बढाए, भट्टरार्इले भने ‘अब म जित्छु’

गोरखा, २२ मंसिर । गाेरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका बाबुराम भट्टरार्इले अाफ्नाे अग्रता बढाएका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बाबुराम भट्टरार्इ भन्दा दुर्इ हजार मत अन्तरले पछाडि परेका छन् । यही अनुपातमा मत परिणाम अाइरहे बाबुरामले जित्ने सम्भावना देखिएकाे छ । सुरुमा भट्टरार्इभन्दा अगाडि रहेका श्रेष्ठकाे […]

टिभी लाइभ दिएर भोट नहाल्न आह्वान गरिरहेका बेला सिके राउत गिरफ्तार

धनुषा, २१ मंसिर । मधेशी जनतालार्इ भाेट नहाल्न अाह्वान गर्दै अाएका सिके राउत पुन: गिरफ्तार परेका छन् । उनलार्इ अाज बिहान १० बजे प्रहरीले धनुषाकाे सदरमुकाम जनकपुरस्थित उनकै काेठाबाट गिरफ्तार गरेकाे हाे । स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका राउतले अाज बिहानैदेखि स्थानीय टेलिभिजनबाट लाइभ दिएर जनतालार्इ मत नहाल्न अाह्वान गरिरहेका थिए । प्रहरीले उनलार्इ लाइभ […]

मतदातालार्इ ‘भोट नदिए गोली हान्ने’ धम्की दिए अमरेश सिंह

सर्लाही, २० मंसिर । निर्वाचन प्रक्रिया अनुसार मौन अवधि जारी रहेको भए तापनि सर्लाहीमा अमरेश कुमार सिंहले यसको धज्जी उडाएका छन् । अमरेशले सर्वसाधारण जनतालार्इ मत नदिए गाेली ठाेकिदिने भन्दै धेरै मानिसहरुलार्इ माैन अवधिमा धम्क्याउन थालेकाे खुलासा भएकाे छ । क्षेत्र नम्बर ४ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अमरेशकुमार सिंहले घर-घर गएर […]