चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियाे । तर डाक्टरहरूले ढिला भैसकेकाे भन्दै उनलार्इ मृत घाेषणा गरेका हुन् । वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका […]
मुख्य विशेष
प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै ढले जनगायक पाख्रिन, अवस्था गम्भीर
चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
अरुको किड्नी हालेको ११ वर्ष पुगेको भन्दै आफूले कुनै बेइमानी नगर्ने ओलीको दावी
झापा, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराएको बताएका छन् । झापाकाे काँकडभिट्टामा अायाेजित एक चुनावी सभामा बाेल्दै नेता अाेलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने दावी गरे । सम्वाेधनका क्रममा अाेलीले आफूले अाफ्ना लागि नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको बताए । उनले […]
नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ । नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड […]
प्रचण्डपुत्र प्रकाश दाहाललार्इ हृदयघात, चिन्ताजनक अवस्थामा नर्भिकमा लगियाे
काठमाडाैं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललार्इ हृदयघात भएकाे छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट […]
रामबहादुर थापा र माधव नेपाललार्इ लक्षित गरी बम प्रहार
काठमाडौं, २ मंंसिर । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम बिष्फाेट भएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा शनिबार बिहान बम विस्फोट भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय […]
जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार
अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका […]
जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल
रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]
बर्षमानका प्रतिस्पर्धी पुन चढेको गाडीमा बम बिष्पोट
रोल्पा । नेपाली काँग्रेस रोल्पाका सभापति एवम सिचाई राज्यमन्त्री अमरसिंह पुन चढेको गाडीमा बम बिष्पोट भएको छ । बिहीबार दिउसो चुनाव प्रचारप्रसारका लागि रोल्पाको घोडागाउँमा जाँदै गरेका बहालवाला सिंचाइ राज्यमन्त्री पुन चढेको गाडीमा बम प्रहार भएको हो । चुनाव नजिकिंदै जाँदा बिष्पोटका घटनाहरु बढ्दै गइरहेका छन् । आजै बागलुङ गलकोटको हटियामा बम विस्फोट भएको छ […]
नेकपाको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढिरहेको छ : प्रकाण्ड
काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले केही सञ्चारमाध्यमले सुनियोजित रुपमा पार्टीका विरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै त्यसबारे भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै पार्टी महासचिव र प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको भन्दै प्रकाशित गरिएको समाचार विल्कुलै झुट रहेको बताए । […]











