बाग्लुङ । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । […]
मुख्य विशेष
नेपालमा ४५ हजार एनजीओ अवैध
काठमाडौं, १२ असार । मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् । हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ । परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । […]
मेसीले भने, ‘अब म अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास लिन्न’
अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्। मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्। ‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो। म मेरो […]
असार २२ गते नेकपाको विशाल जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?
मुगु । नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते जिल्लामा जनसभा गर्ने भएको छ । कर्णालीमा ‘एकीकृत जनजागरण अभियान’ संचालन गरेको नेकपाले विभिन्न ठाउँमा जनसभा तथा घरदैलो अभियान जारी राखेका छ । जिल्ला पार्टीको आयोजनमा मुगुको जिल्ला सदरमुकाम गमगढीमा विशाल जनसभाको आयोजना गरेको हो । स्थानीय जनप्रतिनिधिले गरेका भ्रष्टाचारको लिष्ट तयार गर्दै गरेको नेकपाले जनसभाबाटै […]
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट
काठमाडौं । २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर […]
विश्वकप: स्वीजरल्यान्डद्वारा सर्बिया पराजित,
काठमाडौं । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डले सर्बियालाई हराएको छ । स्वीजरल्यान्डले सर्बियालाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिलाए। त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई लामो समय कुर्नुपर्यो। स्वीजरल्यान्डका ग्रनित छक्काले ५२औँ मिनेटमा गोल गरे खेलमा बराबरी ल्याए। हसर्न सकिरीले ९० औँ मिनेटमा गोल गर्दै स्वीजरल्यानडलाई विजयी […]
भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर । सानोठिमीमा शुक्रबार बिहान ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेको प्रहरीले जनाएको छ। बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको […]
दोस्रो खेलमा पनि रुसको जित, दोस्रो जितपछि रुस दोस्रो चरणमा जाने पक्का
इजिप्टलार्इ दोस्रो खेलमा पराजित गर्दै रसिया विश्वकपको अन्तिम १६ को नजिक पुगेको छ। मंगलबार भएको खेलमा रसियाले इजिप्टलार्इ ३-१ गोलअन्तरले पराजित गरेको हो। उद्घाटन खेलमा रसियाले साउदी अरेबियालार्इ ५-० गोलअन्तरले पराजित गरेको थियो। इजिप्टको भने यो लगातार दोस्रो हार हो। यसअघि उ उरुग्वेसँग १-० गोलअन्तरले पराजित भएको थियो। रसियाले ४७अौं मिनेटमा इजिप्टका अहमद फादीको अात्मघाती […]
गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीबीच घम्साघम्सी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्तिसमेत दिएका छन् । यसरी कामचोर ठेकेदार लाई कारवाही गर्ने विषयमा गृह र तालुक […]
नेपालमा चिनियाँ लगानी ह्वात्तै बढ्यो, यो वर्ष १० महिनामै ४३ अर्ब लगानी
काठमाडाैं, ३ असार । नेपालमा चिनकाे लगानी ह्वात्तै बढेकाे छ । यसअघि वार्षिक ३ अर्बकाे लगानी गरिरहेकाे चिनले यस वर्ष १० महिनामै ४३ अर्ब लगानी गरिसकेकाे छ । यसबाट नेपालमा चीनकाे लगानी निकै धेरै बढेकाे देखिएकाे हाे । यससँगै नेपालमा लगानी बढाउने चिनकाे आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी पनि बढ्दै गएको देखिन्छ । चीनले […]










