इटहरी, ४ चैत । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको […]
मुख्य विशेष
राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदै
काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संसद् भवन नयाँबानेश्वरमा उपाध्यक्ष चयनका लागि मतदान हुन लागेको हो । उपाध्यक्षमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना प्रतिस्पर्धामा छन् । राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय […]
डा महतमाथि सार्वजनिक कार्यक्रममै खड्काले किन हिर्काए टाउकोमै बोत्तल? यस्तो छ कारण (हेर्नुहोस् भिडियोसहित)
काठमाडौं, ४ चैत । कुरा विहीबार साँझ पाँच बजेतिरको हो । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि गृहजिल्ला नुवाकोटमै आक्रमण भयो । त्यो पनि सार्वजनिक कार्यक्रममा भाषण गरिरहेका बेला । उनको टाउकोमा एक युवाले पानिको बोत्तलले हिर्काए । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर गाँउपालिका वडा नं. ३ राउतबेंसीमासुरु भएको ‘प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय […]
क्रान्तिकारी पत्रकार संगठनको रोल्पा अध्यक्षमा विष्ट निर्वाचित
रोल्पा, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपालको रोल्पा अध्यक्षमा दिपेश विष्ट निर्वाचित भएका छन् । रोल्पाको दोस्रो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष दाना केसी सचिव हर्क घर्ती सहसचिव कमान पीएम, कोषाध्यक्ष चित्र झाँक्री रहेका छन् । त्यसैगरी सदस्यहरुमा डीके रोका, जीतबहादुर घर्ती, केशव पुनमगर, […]
नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित
काठमाडौं, ३ चैत । विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप […]
‘बोक्सी’ आरोपमा निर्घात कुटिएकी राधा मञ्चमै भक्कानिएपछि सबका आँखा रसाए !
काठमाडौँ, ३ चैत । बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् । स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् । सोही अवसरमा […]
उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित
काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपति पदका लागि अरु कसैको उम्मेदवारी नपरेपछि पुन निर्विरोध भएका हुन् । तर, निर्विरोध निर्वाचित भएको आइतबार मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुन वाम […]
तत्काल राजीनामा दिन रेणु दाहाललाई पत्र, अटेरी गरे जनकारबाहीको चेतावनी !
काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने […]
गृहमन्त्री बादलले नै यस्तो काम गरेपछि मन्त्रालयका कर्मचारी छक्क, रेशम चौधरी मख्ख !
काठमाडौं, ३ चैत । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल एकाएक वीर अस्पताल पुगे । गृहमन्त्रीको अगामनले अस्पताल परिसर एकछिन नियमित अवस्थामा भन्दा केहि फरक देखियो । मन्त्री आफु बिरामी भएर र या कसैको उपचार गर्न वीर पुगेका भने पटक्कै होइनन् । मन्त्री थापा वीर पुग्दा मन्त्रालयका कर्मचारी छक्क थिए भने रेशम चौधरी मख्ख ! वीर […]
एमाले र माओवादीका गरी ११ मन्त्री र ४ राज्यमन्त्रीले लिए शपथ (को–को भए मन्त्री नामावलीसहित)
काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । । एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री एक राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको छ । शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, गोकर्ण […]











