नेकपा भक्तपुर सेक्रेटरी अपहरण शैलीमा गिरफ्तार

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा भक्तपुरले जनाएको छ । तर प्राप्त जानकारी अनुसार गिरफ्तारपछि उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको बुझिएको छ । कालिकोटको रुप्सा घर भएका बोगटीलाई किन गिरफ्तार गरिएको […]

मोदीले लगाए अर्को नाकाबन्दी, कच्चापदार्थ रोकेपछि नेपाली सेनाकै उत्पादन बन्द

Nepal-Army

काठमाडाैं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका […]

अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत

काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । […]

कुलमानले गरे आजबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्यको घोषणा

काठमाडाैं, ३१ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अाजबाट लाेडसेडिङ पूर्ण रुपमा अन्त्य हुने जानकारी दिएका छन् । उनले १५ वर्षदेखि लगाइदै अाएकाे लाेडसेडिङ आजबाट अब कहिल्यै नहुने बताएका छन् । घिसिङले औद्योगिक क्षेत्रमा अाजैदेखि पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरिने र बाँकी क्षेत्रमा पनि छिट्टै पूर्ण रुपमा लाेडसेडिङ अन्त्य गरिने बताए । […]

करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !

कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए । […]

प्यूठानको बडडाँडामा भएको बस दुर्घटनामा परी ५ को घटनास्थलमै मृत्यु, २५ घाइते

प्यूठान, ३० बैशाख । प्यूठानकाे बडडाँडामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । भालुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना भएकाे हाे । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर बडडाँडा नजिक […]

एकाविहानै प्यूठानमा यात्रुबस दुर्घटना, ५ जनाको मृत्यु, २० घाइते

काठमाडौं, ३० बैसाख । एकाविहानै प्यूठानमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको बडडाँडामा भएको उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ आउदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि […]

सडकमा क्यामेरा राखेर मोदीको विरोधमा उत्रिए पत्रकार, पत्रकार महासंघले समेत जनायो आपत्ती

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएपछि त्यसको व्यापक विरोध भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्टिय सभागृहमा प्रम मोदीका लागि आयोजित एक कार्यक्रममा प्रवेश पास लिएका सञ्चारकर्मीहरुलाई प्रवेश गर्न नदिइएपछि सञ्चारकर्मीहरुले आफ्ना सञ्चारसाधन सडकमा राखेर विरोध समेत प्रदर्शन गरेका छन् । शनिवार दिउसो राष्टिय सभागृहभित्र प्रम मोदी प्रवेश […]

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

काठमाडौं, २९ बैसाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जारी दुई दिने नेपाल भ्रमणको पहिलो दिन नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ। शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्या पुगेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेको […]

टुँडिखेलमा मोदीलाई १८ तोपको सलामी, गार्ड अफ अनर प्रदान

काठमाडौं, २८ बैसाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार ५ बजेर २५ मिनेटमा नेपाली सेनाको एक टुकडीले मोदीलाई गार्ड अफ अनर दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद […]