नेकपा ‘अण्डरलाइन’को एकतापछि बसेको पहिलो बैठकले गर्‍यो यस्ता ८ निर्णय

काठमाडौं, ४ जेठ । नेकपा एमाले र नेकपा माआवादी केन्द्रका एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाइन’को पहिलो केन्द्रीय समितिको बैठकले ८ निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसेर केन्द्रीय सदस्यहरुको शपथपछि बैठकका निर्णय सुनाइएको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावहरु निर्णयार्थ पेश परेका थिए । उनले गरेको प्रस्तावलाई केन्द्रीय […]

गोली प्रहार गरी रुपन्देहीमा एक जनाको हत्या

रुपन्देही, ४ जेठ । गोली प्रहारबाट रुपन्देहीमा एक जनाको  मृत्यु भएको छ । जिल्लाको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको […]

एमालेसँग एकता गर्दा प्रचण्डमाथि उठाए बाबुरामले यस्तो गम्भीर प्रश्न

काठमाडौं, ३ जेठ । नेपाली जनताको मुक्तिका लागि दशबर्षे जनयुद्धको नेतृत्व गरेका मुख्य नेतृत्व कर्ता प्रचण्ड, किरण र बाबुराम अहिले अलग अलग ठाउँमा छन् । प्रचण्ड एमालेमा बिलय हुदै छन् । बिहिबार एकता घोषणा नै छ । एमालेसँग एकता हुनै लाग्दा माओवादी केन्द्रको व्यापक आलोचना सुरु भएको साथै अधिकाँश माओवादी नेता कार्यकर्ता उत्साहित पनि छन् । […]

एकीकृत पार्टी बनेलगत्तै ओली-प्रचण्डलाई लाग्यो यस्तो झट्का

काठमाडौं, ३ जेठ । पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । बैठकबाट नयाँ पार्टी नेकपाका सबै सदस्यले सपथ लिएका छन् । बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ । तर, यो नाम गरेको पार्टी अहिले […]

असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने

काठमाडौं, ३ जेठ । लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति […]

ओलीसँग बोलचाल बन्द भएपछि प्रचण्ड र माधव नेपालबीच गोप्य वार्ता

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी ओलीसँग बोलचाल नै बन्द भएपछि माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ । वार्तामा […]

विद्यार्थी दिवसमा अखिल क्रान्तिकारीले भन्यो: राष्ट्रघाती अरुण-३ सम्झौता खारेज गर

काठमाडौं, २ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)को ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ । भारतीय दूतावास रहेको राजधानीको लैनचौरको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट, नागपोखरी दरबार मार्ग पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा हजारौं विद्यार्थीहरु सहभागी […]

नेकपाका भक्तपुर सचिव गिरफ्तार, देशव्यापी धरपकडको विरोधमा नेकपाको कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडाैं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सचिव कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौंको बागबजारबाट आज मंगलबार दिउसो प्रहरीले गिरफ्तार गरेको जनाएको छ । नेता बोगटीलाई बागबजारबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौ टेकुमा बुझ्दा बोगटीका बारेमा कुनै जानकारी नदिने बताइएको माथिबाट कडा […]

नेकपा भक्तपुर सेक्रेटरी अपहरण शैलीमा गिरफ्तार

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा भक्तपुरले जनाएको छ । तर प्राप्त जानकारी अनुसार गिरफ्तारपछि उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको बुझिएको छ । कालिकोटको रुप्सा घर भएका बोगटीलाई किन गिरफ्तार गरिएको […]

मोदीले लगाए अर्को नाकाबन्दी, कच्चापदार्थ रोकेपछि नेपाली सेनाकै उत्पादन बन्द

Nepal-Army

काठमाडाैं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका […]