राष्ट्रिय सभामा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ६ भदौ । राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भने “सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन, म यस कुरामा […]

युवाहरुमा बढ्दैछ वाटर एटीएमप्रति अचम्मकाे आकर्षण

ललितपुर, ६ भदौ । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्छन । उनी घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्छन । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उनले पँधेरो (वाटर एटीएम) को प्रयोग गर्ने बताए । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने […]

बसपार्कस्थित होटलको कोठा नं. १११ मा एक जोडी रहस्यमय मृत भेटिए

काठमाडौं । बालाजुको नयाँ बसपार्कमा रहेको एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिकै रहेको मोरङ पर्वत गेस्ट हाउसमा भेटिएका उनीहरुको मृत्यु रहस्यमय ठानिएको छ । मृत भेटिनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं हुन् । उनीहरु दुबै जना होटलको कोठा नं. १११ […]

किर्तेको प्रमाण नपुगेपछि निकिताको जाहेरी अस्वीकृत

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगे पनि प्रहरीले उजुरी लिन मानेन। पौडेले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल […]

रवि लामिछाने पत्नी निकिताले दिइन् ३ जनाविरुद्ध जाहेरी

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन्। प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर […]

‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’

काठमाडौँ, ४ भदौ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ । विगतभन्दा फरकरूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झण्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको गृहसचिव प्रेमकुमार राईले बताए । अन्तर्राष्ट्रिय खेलमा […]

कश्मीर मुद्दामा अन्तर्राष्ट्रिय अदालत गुहार्ने पाकिस्तानको तयारी

पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आफ्नो योजना भएको बताएको छ। भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो। भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भङ्ग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीरको स्वामित्वको विषयमा ती दुई […]

जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा

पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे । कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ […]

भदौ १२ देखि जापानमा हप्तामा तीन उडान भर्दै नेपालको ध्वजा वाहक विमान

काठमाडौँ, ४ भदौ । लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो । ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले आज पत्रकारसम्मेलन गरी जानकारी […]

कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध

काठमाडौँ, ३ भदौ । कालीगण्डकी नदी डाईभर्सन प्रभाव क्षेत्रका काठमाडौंमा बस्ने नागरिकले जसरी पनि कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध गर्ने निष्कर्ष निकालेका छन् ।काठमाडौंमा रोजगारी गर्ने, पेशा व्यवसाय सञ्चालन गर्दै आएका र उच्च शिक्षा लिदै आएका सबै गण्डकीबेशीका नागरिकको जमघटले बुटवलका केही नेताले चुनावी नारा बनाएर सिंचाई र विद्युक्तको लागि कालीगण्डकीको पानी लान्छु भन्नुु मुर्खता […]