घोराही, ३ भदौ । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ । घोराहीको पद्मोदय नमूना माध्यमिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि […]
मुख्य विशेष
मन्त्रिपरिषद बैठकमा फेरि रोकियो बहुप्रतिक्षित नयाँ शिक्षा नीति,
काठमाडौं । सोमवार मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूची रहेको र बुधवारकै बैठकले पारित गर्ने जनाएको छ । सोमबारको बैठकमा […]
के हो आत्महत्या दुरुत्साहन ? रविलाई होला कारवाही ?
काठमाडौं, १ भदौ । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय। उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।’यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने’ […]
रवि लामिछानेको पक्षमा जुलुस निकाल्ने पाँच पक्राउ, प्रहरीमाथि ढुङ्गा हानेको आरोप
चितवन, १ भदौ । रवि लामिछानेको पक्षमा निकालिएको प्रदर्शनमा उत्तेजक व्यवहार गरेको भन्दै पाँच जना पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा लगातार प्रदर्शन भइरहेका छन् । सुरुमा रवि लामिछानेको पक्षमा प्रदर्शन भएपछि शनिवार पुडासैनीलाइ न्याय दिनुपर्ने भन्दै उनको पक्षमा पनि प्रदर्शन भएको […]
प्रचण्डले भने, ‘एमालेसँग एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन थाल्यो’
काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता नगरेको भए ठीक हुने रहेछ भन्ने अनुभूति हुन थालेको बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता प्रक्रिया दुई वर्ष पुग्न लाग्दा पनि पूर्ण रुपमा पूरा नहुनुका साथै विभिन्न ठाउँमा विवाद देखिदै जान […]
रविको पक्ष र विपक्षमा छुट्टाछुट्टै जुलुस, झडप हुनसक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन
चितवन, ३२ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे पक्षमा प्रदर्शन बढेसँगै अर्काे पक्षले पनि चितवनमा जुलुस निकालेका छन । शनिवारदेखि पत्रकार पुडासैनीकाे पक्षमा पनि जुलुस निस्केपछि यहाँ झडपकाे अवस्था सिर्जना भएकाे छ । पुडासैनीको सुसाईड भिडियो प्रकरण बाहिरिए लगत्तै रबि लामिछानेसहितका आरोपितहरुलाई प्रहरीले पक्राउ गरेसँगै चितवनको माहोल एक्कासी तातेको […]
चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप, पाँच प्रहरी घाइते
चितवन । चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शनमा उत्रिएका रवीका समर्थकले प्रहरीमाथि डुंगामुडा प्रहार गरेका हुन् । झडप हुँदा ५ जना प्रहरी घाइते भएका […]
रवि लामिछानेमाथि थुनछेक बहस सकियो, अनुसन्धान गर्न अदालतद्वारा पाँच दिन म्याद थप
चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ अाज चितवन जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे । चितवन जिल्ला अदालतले उनीहरु तिनै जनालाइ पाँच दिनको […]
‘म शिक्षामन्त्री भएको भए नैतिकताको आधारमा राजीनामा दिइसक्थे’
काठमाडौं, ३१ साउन । पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले आफैले बनाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसक्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नैतिकताको आधरमा राजीनामा दिनुपर्ने बताएका छन् । शिक्षापत्रकार समूहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा तुलाधरले भने– ‘म शिक्षामन्त्री भएको भए राजीनामा दिइसक्थे ।’ ‘आफैले बनाएको आयोगको प्रतिवेदनमा एउटा सिफारिस गर्ने, त्यो सार्वजनिक नगरी अर्कै […]
पुरै वन व्यक्तिको नाममा
काभ्रे, ३१ साउन् । आफ्नो रैकर जग्गासँग सिमाना जोडिएको वनसमेत कित्ताभित्र पारिदिने काममा मालपोत कार्यालयका सुब्बा पदका कर्मचारीको हात रहेको अनुसन्धानले देखाएको छ। साविक शारदा बतासे पञ्चायत ३ ख हालको धुलिखेल नगरपालिका वडा नम्बर १० को कित्ता नम्बर १५ को वन क्षेत्र प्लटिङ गरी बिक्री गर्ने समूहविरुद्ध जिल्ला वन कार्यालयमा स्थानीयहरूले उजुरी दर्ता गराएपछि थालिएको […]








