दुई दिनदेखि घरबाटै हराएकी बालिका मृत भेटिइन

चितवन, २१ भदौ । चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर […]

खुल्लामा उपसचिव र सहसचिवको आकाङ्क्षीको अवधिको सेवा गणना नहुने

काठमाडौँ, २० भदौ । निजामती सेवामा रहेका कर्मचारीले उपसचिव र सहसचिवमा खुल्लामा प्रतिस्पर्धा गर्न चाहेमा उनीहरुको पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा उक्त प्रावधान राख्ने विषयमा सहमति भएको हो । […]

हेटौडा–दक्षिणकाली आउँदै गरेको टाटासुमो दुर्घटनामा परी ३ को मृत्यु ८ घाइते

हेटौडा, २० भदौ । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको टाटासुमो भीमफेदीमा पुगेपछि दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुर्घटनामा परी ३ जनाको मृत्यु भएको ८ जना घाइते भएको जानकारी दिएको छ । शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडामा […]

काङ्ग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान गर्ने

काठमाडौँ, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ । जागरण अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियान बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई असोज […]

एनओसीको निर्वाचन स्थगित

काठमाडौँ, १९ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको […]

डेङ्गुका बिरामी ११ पुगे

दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो […]

१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु

काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५/६६ […]

प्रेरक कथाः विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय चलाउनेहरुका कथा

सुरुङ्गा, १९ भदौ । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेशिया […]

देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो: अध्यक्ष प्रचण्ड

चितवन, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताए ।  भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति […]

दृष्यावलोकन स्तम्भको निर्माण सुस्त

काठमाडौँ, १८ भदौ । काठमाडौँ महानगरपालिकाको महत्वकाक्षी योजनामा पर्ने काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) को निर्माण सुस्त रहेको छ । निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि तीन वर्ष बित्दा समेत निर्माणले गति लिन सकेको छैन् । अहिलेसम्म स्तम्भ निर्माणको काम जम्मा १५ प्रतिशत मात्रै सम्पन्न भएको कामपाले जनाएको छ । […]