मिक्लाजुङ, ३० भदौ ।जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । राहदानी बनाएर मात्रै आव ०७५÷७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी […]
मुख्य विशेष
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, पक्रन खोज्दा गोली चलाउने नदीमा हामफाले
अछाम, २९ भदौ । अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि गाेली हानिएको प्रहरीले जनाएको छ। तर, गाेली कसले किन चलाएकाे हाे भन्ने अहिलेसम्म थाहा हुनसकेकाे छैन […]
बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर हत्या गरी लुटियो पाँच लाख
बुटवल, २९ भदौ । रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ । यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का महेन्द्र कुर्मी हुन । उनलाई रुपन्देहीकै रोहणी गाउँपालिका वार्ड नं. ३ मा हत्या भएको हो […]
पत्रकारले नै गरे ज्ञानेन्द्रमाथि हातपात ! योगेश विरुद्ध बोल्दा पक्रिए फेरि ज्ञानेन्द्र शाही
काठमाडौं, २९ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काउने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन् । कुपण्डोलस्थित नेपालीका लागि नेपाली अभियानको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनबाटै उनलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । शनिवार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले जहाजभित्रै मन्त्रीलाई झपारेको भिडियो […]
देशभरिका विज्ञान विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिने
काठमाडौं । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट विद्यार्थीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । आगामी असोज १ गते परेको विज्ञान दिवसमा अवसरमा हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एकरएक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको हो । दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका […]
सुदूरपश्चिममा २४ जनामा डेङ्गु, सतर्कता अपनाउन आग्रह
डोटी, २८ भदौ । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी […]
मलेसिया जान अब कुनै पनि शुल्क तिर्नु नपर्ने, कम्पनी परिवर्तन गर्न पाइने, राहदानी कम्पनीले नखोस्ने जस्ता प्रष्ट सहमति
काठमाडौं, २६ भदौ । मलेसियामा नेपाली कामदार पठाउनका लागि नयाँ सहमति भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुला गर्न नेपाल र मलेसिया सरकारबीच यस्तसो सहमति भएको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने र नेपालबाट शुन्य लागतमा कामदार मलेसिया पठाउने उल्लेख गरिएको […]
इन्द्रजात्रा अवलोकन गर्न ६ देशका ५ नगरप्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौँ आउँदै
काठमाडौँ, २६ भदौ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै छन । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन […]
माछा बेचेरै टरेको छ जिन्दगी, छैनन महलका सपना
मुग्लिन, २५ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उनी यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको […]
नारामा समानता तर नियतमा असमानताः समानताका नाममा असमान बजेट लाद्दै स्थानीय निकाय
घोराही, २५ भदौ । देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीय सरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् । पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुका लागि […]










