काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको भवन बनाउने क्रमको ‘ठाङठाङ ठुङठुङ’ सुन्दै आफ्नो कार्यकाल बित्ने बताएका छन् । बिहीबार बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो सुन्नु परे पनि त्यसपछिका प्रधानमन्त्री शान्तपूर्वक बस्न पाउने बताए । प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै […]
मुख्य विशेष
फिफा वरियतामा नेपालको सुधार
काठमाडौँ, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ […]
भूमि सम्बन्धि ऐन दुबै सदनबाट पास भयो, यस्ता छन् विशेषता
काठमाडौं, २ असोज । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ । राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले विहिबार उक्त ऐन बहुमतले स्वीकृत गरेको हो । त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् […]
मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय
पछिल्लो समय देशभर रुघाखोकी र टाइफाइडका बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन्। यो समयमा मौसमी बिमारीहरू नियमित देखिने भएपनि यसपटक भने बिरामीको सङ्ख्या पहिलेभन्दा बढेको उनीहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरु बढी देखिएका छन्। तर महामारीको रूपमा फैलिएको डेङ्गीको नियन्त्रणमा केन्द्रित रहेको कारण अन्य रोगको रोकथामका लागि धेरै काम हुन नसकेको जनाइएको छ। […]
पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह
काठमाडौँ, २ असोज । नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । […]
सेयर बजारः परिसूचकको उकालो यात्रा कायमै
काठमाडौँ, १ असोज । धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा अगाडि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अङ्कले वृद्धि भई […]
५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन: प्रधानमन्त्री बाट शिलान्यास
काठमाडौं, १ असोज । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन […]
बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका, सरकारलाई व्यवस्थित दृष्टिकोण र योजना बनाउन सुझाव
काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै विज्ञहरुले बहुविकल्पहरु निर्माण गरेर अघि जानुपर्नेमा जोड दिएका हुन् । फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा […]
प्राकृतिक दोहन रोक्न सरकारको ध्यानाकर्षण
रुपन्देही, ३० भदौ । भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । उक्त संस्थाको केन्द्रीय समिति बैठकले अन्तरराष्ट्रियस्तरमै पर्यावरणको समस्या बढेकाले यसको संरक्षणका लागि उचित कदम चाल्न माग गरेको हो । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष रश्मिराज नेपालीले […]
लोप भए माटोका गाग्री
जाजरकोट, ३० भदौ । चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् । परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो […]











