कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो। उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो […]

निर्वाचन मधेसको हितमा नरहेको सिके राउतको निष्कर्ष

ललिता साह, सप्तरी । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन मधेश आन्दोलनको हितमा नरहेको सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके ) राउतले बताएका छन् । सप्तरीको राजविराजमा पत्रकारसँग भेटघाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् । “देश नै नरहने आशंकाका मोडमा गरिएका अभ्यास हरुमध्येको एक नाटक […]

पब्लिक डिबेटका लागि तयार छौँ : केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक पब्लिक डिबेटका लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका बेला ओलीले देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा स्पष्ट हुनुपर्ने बताएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच […]

सामाजिक सञ्जालमा बालबालिकालाई प्रतिबन्ध लगाउँदै फ्रान्स

काठमाडौ ।  शक्तिशाली राष्ट्र फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानुनी प्रक्रिया तीव्र बनाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँले सरकारले द्रुत प्रक्रियामार्फत विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन्। बीएफएम टेलिभिजनमा प्रसारित भिडियो सन्देशमा म्याक्रोँले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र, सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखिएको स्पष्ट गरेका छन्। फ्रान्सेली संसदमा यससम्बन्धी विधेयकमाथि बहस भइरहेको […]

नेपाल–चीन सीमा व्यापार समन्वय संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौँ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेशन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेशन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठक चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा माघ ६–७ गते (जनवरी २०–२१, २०२६) सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास, लगानी र अन्य सहकार्यका विषयमा महत्त्वपूर्ण सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति […]

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले आफूले आफ्नो धर्म, कर्तव्य र दायित्व नबिर्सिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन्, त्यो मेरो विषय परेन । मेरो धर्म, […]

नगदेशमा ध्वाक्सी गणेश मन्दिर पुनर्निर्माण शुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले सांस्कृतिक सम्पदा संरक्षण र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा नं. ७ स्थित ऐतिहासिक ध्वाक्सी गणेश मन्दिर को पुनर्निर्माण कार्य सुरु गरेको छ। प्राचीन स्वरूप जोगाउने लक्ष्यसहित अघि बढाइएको यो आयोजनाले ध्वाकासी परिसरको समग्र मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ। धार्मिक विधिसहित शिलान्यास २०८२ पुस ९ गते आयोजित विशेष समारोहमा […]

यस्ता छन् भक्तपुर-१ मा लवजुले मत पाउने पाँच आधार

Hariram lawaju

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वरिष्ठ अधिवक्ता  हरिराम लवजु उम्मेदवार रहेका छन् । आफ्नो लामो संघर्षपूर्ण जीवन, व्यावसायिक क्षमता र स्पष्ट विकास दृष्टिकोणका आधारमा तारा चुनाव चिह्नमा मत माग्दै उनले चुनावी अभियान पनि तीव्र पारेका छन्। लवजुले १७ वर्षकै कलिलो उमेरमा जनअधिकार र निरंकुशताविरुद्धको आन्दोलनमा […]

भक्तपुर २ मा ३२ उम्मेदवारको मनोनयन दर्ता

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट १७ जना र स्वतन्त्र १५ जना गरी ३२ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामप्रसाद सापकोटा दीपशिखाले उम्मेदवारी दर्ता गराएका छन् । […]

कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न सर्वोच्चले दियो अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा […]