भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई सबल बनाउन, आर्थिक विकास र नागरिकको अधिकार सुनिश्चित गर्न भयरहित रूपमा जनताले मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिले बुधबार आयोजना गरेको कार्यक्रममा साख्वा: को प्रतिमामा मल्यार्पण गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, भयरहित […]
मुख्य विशेष
लोपोन्मुख हुक्कापाती
सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]
भक्तपुरबाट २७ जुवाडे पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो । पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका […]
भक्तपुर ट्राफिक राजश्व बढाउनमा भन्दा जीवन बचाउन केन्द्रीत भयो : प्रहरी निरीक्षक खत्री
भक्तपुर । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले आफ्नो नेतृत्वको ट्राफिक प्रहरी राजश्व बढाउनमा केन्द्रीत नभई जीवन बचाउन केन्द्रीत भएको खुलासा गरेका छन् । सरुवा भइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानेक्रममा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटना र त्यसबाट जीवन गुमाउनेको सख्या घटाउन सक्नुलाई उपलब्धिको रुपमा […]
आफू नै पुनः प्रधानमन्त्रीमा फर्कने ओलीको दावी
काठमाडौ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले आफू नै पुनः प्रधानमन्त्रीमा फर्कने दावी गरेका छन् । यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने उनले दावी गरेका हुन् । आइतबार सम्पादकहरु संग कुरा गर्दै नेकपा एमाले अध्यक्ष ओलीले सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने बताए । “तपाईंहरुले विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ […]
आज काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै
काठमाडौ । आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइँदैछ । यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिनका रूपमा काग तिहारलाई मनाइन्छ भने आयु, स्वास्थ्य र समृद्धिका प्रतीक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा आज धन्वन्तरी जयन्ती पनि मनाइँदैछ । हिन्दू धर्मशास्त्रअनुसार काग तिहारका दिन यमराजका दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठामीठा […]
डेढ महिनामा ७ हजार पर्यटक पुगे मनाङ, इजरायलका बढी
मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ […]
आज धनतेरस, भोलि कागतिहार : झिलिमिली तिहार शुरू
काठमाडौँ । झिलीमिली बत्तीहरूको चमकसँगै यस वर्षको दीपावली पर्वआज धनतेरसबाट औपचारिक रूपमा सुरु हुँदैछ । राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा एक हप्ता अघिदेखि नै घर–घरमा तिहारको रौनक सुरु भइसकेको छ । बत्तीको उज्यालोले रातमा सहर झन् रमणीय बनेको छ भने नागरिकहरूमा चाडपर्वको उत्साह छाएको छ । आज अपराह्नदेखि सुरु हुने त्रयोदशी तिथिमा धनतेरस मनाइनेछ । आजको […]
२२ बुँदे राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न
ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीनदिने बैठक आज ललितपुरमा सम्पन्न भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समर्थक र आलोचक दुवै धार स्पष्ट रूपमा देखिएका छन्। केही नेताहरूले ओलीको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए भने धेरैजसो नेताहरूले वर्तमान संकटको घडीमा अध्यक्षलाई कमजोर पार्नु गलत भएको धारणा राखेका एक सहभागीले बताए […]
सामोआलाई हराउँदै अपराजित नेपालले उचाल्यो उपाधी
काठमाडौं । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । नेपालले जितको लागि दिएको २१२ रनको […]











