अतिरिक्त स्वास्थ्य सचिव बन्न दर्जन बढी डाक्टरको दौडधुप

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि दर्जन बढी कर्मचारीले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समिति सचिवालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन आह्वान गरेको थियो। अतिरिक्त स्वास्थ्य सचिव रहेका टंकप्रसाद बाराकोटीले कार्यकालको दुई वर्ष बाँकी रहँदै गत कात्तिक १९ मा पदबाट […]

मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ […]

भेनेजुएलामा पूर्वलडाकुकी छोरी डेल्सीले सम्हालिन कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको […]

प्रादेशिक अस्पतालले नै पाएन चिकित्सक

महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरले कन्सलटेन्ट गाइनोकोलोजिष्ट तथा एमडीजीपी चिकित्सक माग गरेपनि पाउन सकेको छैन । सूचना गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि पुन सूचना प्रकाशित गरिएको छ ।  अस्पतालले एक सूचना प्रकाशित गर्दै उक्त पदमा पुन: दरखास्त माग गरेको हो ।   दरखास्त नपरेकोले पुनः सूचना  जारी गरेको निमित्त अस्पताल प्रमुखले जनाएका छन् । करारमा […]

आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । ‘यसै सूचनामार्फत म मेरो […]

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुन यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।  […]

विद्युत प्राधिकरणले माग्यो सह-निर्देशकदेखि सुपरभाइजरसम्म २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ८ गतेसम्म दरखास्त दिन सक्नेछन्। विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फाराम भर्न सक्नेछन्।

पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुलीको लाइन काटिने

कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुँडहर सबस्टेशनको १३२ केभी बसबार स्तरोन्नति कार्य सुरु गरेपछि बिहान ६ बजेदेखि ११ बजेसम्म पोखराका अधिकांश क्षेत्रमा बिजुली काटिने भएको हो । पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार चार दिनसम्म चल्ने मर्मत कार्यका क्रममा कुँडहर […]

पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने

काठमाडौँ । पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।  उनका अनुसार शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ। उक्त मर्मत कार्य […]

खालिदा जियाका छोरालाई मोदीले पठाए समवेदना पत्र, बंगलादेशसँग सम्बन्ध सुधारको पहल

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानलाई व्यक्तिगत सन्देश पठाउँदै छिमेकी देशसँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेका छन्। रहमानकी आमा तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनपछि पठाएको समवेदना पत्रमार्फत मोदीले यो कूटनीतिक पहल गरेका हुन्। गत वर्ष सत्ताच्यूत भएर हाल भारत निर्वासनमा रहेकी प्रधानमन्त्री शेख हसिनाको […]