काठमाडौँ, ६ चैत । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा माेरङका एसपी जनार्दन जिसीसहित १८ प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको अवस्था चिन्ताजनक भएको बताइएको छ। उनीहरुलाई उपचारका लागि कोसी अस्पताल पुर्याइएको छ। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको […]
मुख्य विशेष
परम्परागत संगीतले सजिएको ‘होलि इष्ट एण्ड वेष्ट’ गीत सार्वजनिक (भिडियो)
(विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालले सृजना गरेको यस गीतमा प्रसिद्ध कलाकार प्रशान्त ताम्राकार तथा अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनद्वारा अभिनय रहेको छ । ललितपुरको सांस्कृतिक महत्वले भरिएको भिंछेबहालमा छायाँकन गरिएको उक्त गीत नेपाली, नेपालभाषा, मैथिली, अँग्रेजी भाषाको समिश्रणमा तयार भएको हो । प्रोजेक्ट बाजा […]
प्रहरी कुटपिटले युवाको ज्यान गएको आरोपमा असई धामी नियन्त्रणमा, घटनाको अनुसन्धान सुरु
सुर्खेत, २२ फागुन । कालीकोटको तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको कुटपिटबाट ज्यान गएकाे आरोपमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका बुबा हिराचन्द्र हमालले आज आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएर तीन दिन म्याद थप […]
नेपाल पनि युक्रेनको पक्षमा, भारत तटस्थ, चीन विपक्षमा
काठमाडौँ । युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्। ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन्। नेपाल पनि अहिले संयुक्त […]
यो हाम्रो जमिन र स्वतन्त्रताको लडाइँ हो, कसैले तोड्न सक्दैन: युक्रेनी राष्ट्रपति
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली संघको विशेष सत्रलाई सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा आफ्नो देशमा अकल्पनीय त्रासदीको अवस्था रहेको बताएका छन्। ‘कोही कसैले हामीलाई तोड्न सक्दैन’, उनले भने, ‘किन कि हामी युक्रेनियन हौँ।’ उनले युक्रेनी जनता आफ्नो जमिनका लागि, आफ्नो स्वतन्त्रताका लागि र आफ्नो जीवनका लागि लडिरहेको बताए। जेलेन्स्की युरोपेली संसदको […]
व्याख्यात्मक घोषणा गर्दै एमसीसी सम्झौता पारित ( मुख्य बुँदा सहित )
फागुन १५, काठमाडौं । विवाद र विरोधका बीच अन्ततः अमेरिकी संस्था एमसीसीसँग भएको विवादित सम्झौता संसदबाट ध्वनी मतले पारित भएको छ । विभिन्न १२ बुँदाको व्याख्यात्मक घोषणा गर्दै सत्ता गठवन्धनले आइतबार राति ९ बजे एमसीसी सम्झौता पास गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका […]
एमसीसी माथि सैद्धान्तिक छलफल आजबाट प्रारम्भ हुदै
फागुन १२ ,काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा आज बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा सचिवालयले समावेश गरिसकेको छ । कार्यसूचीलाई आज नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम […]
सदनमा नारावाजी र सडक रणमैदान हुँदा पनि जवरजस्त एमसीसी सदनमा टेबुल
काठमाडौं । सदनभित्र अवरोध र सडकमा जारी विरोधबीच एमसिसी अनुमोदनका लागि संसद्मा टेबुल भएको छ । प्रमुख प्रतिपक्षी एमालेको नियमित नाराबाजी र सत्ता सहयात्री दलकै केही वरिष्ठ नेतासहितका सांसदको विरोधको बेवास्ता गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार प्रस्ताव पेस गरेका हुन् । कार्यव्यवस्था परामर्श समितिमा लम्बिएको छलफलका कारण १ बजे बोलाइएको संसद् बैठक पौने २ बजे मात्रै […]
सरकार तीन तहको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ : देउवा
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको बताए। त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्ने उनले […]
सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौं, ६ फागुन । सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वको पूर्ण बैठकले प्रतिवेदन कार्यान्वयनका लागि प्राथमिकता निर्धारण गरी विषयहरु छान्ने छलफल भएको हो । शुक्रबारको बैठकले पेशी व्यवस्थापनका लागि दीर्घकालीन रुपमा सफ्टवेयरमा आधारित स्वचालित प्रणाली अपनाउने निर्णय […]










