यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]

अलविदा हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन

काठमाडाैं, ३० फागुन । विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन । हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा […]

शालिक ढाल्दैमा विचार ढल्दैन

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा […]

बोक्सी काण्डमा मुछिएका मेयर ममताप्रसादको पेटमा गोली, टाउकोमा खुकुरी हानियो

काठमाडौँ, २८ फागुन । बाेक्सीकाे अाराेप लगाउँदै कक्षा ११ मा पढ्ने युवतीमाथि लगातार ६ घन्टा कुटिएकाे घटनाका रमिते भएकाे र सञ्चारमाध्यममा निकै गैरजिम्मेवारपूर्ण तरिकाले अन्तरवार्ता दिएकाे भन्दै अालाेचना खाएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ । उनलाई कैलालीकै सुख्खडमा रहेकाे अाफ्नै घरमा बसिरहेका बेला गाेली हानिएकाे बताइएकाे छ । सोमबार साँझ […]

यसरी भयो विमान दुर्घटना : जल्दाजल्दै उद्धार गरिएकी एक युवतीको हृदयविदारक बयान

काठमाडाैं, २८ फागुन । साेमवार दिउसाे काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरि अर्काे विमान दुर्घटनामा पर्याे । ७६ जना मानिस बाेकेर अाएकाे युएस बाङ्ग्ला एयरकाे विमान दुर्घटनामा परी यात्रु र चालक दलका सदस्य गरेर ४९ जनाकाे मृत्यु भएकाे छ । तर, याे दुर्घटनामा परेकी एक युवती अागाेमा जल्दा जल्दै उद्धार गरिएकी छन । दुर्भाग्य उनीसँगै रहेका […]

विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमान अनियन्त्रित भएर विमानस्थलमा अवतरण गर्नै लागेका बेला चिप्लिएिर धावनमार्गबाट बाहिर गएको थियो । दुर्घटनाग्रस्त विमानबाट […]

प्रेस, आस्था र विचार स्वतन्त्रतामाथि हस्तक्षेप गरेर शान्ति नहुने चलाउनेको जोड

बुटवल, २३ फागुन । बुटवलबाट प्रकाशित भइरहेकाे गर्जन पोष्ट साप्ताहिकले प्रकाशनको तेस्रो पूरा गरेको छ । तीन वर्षहरु पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाले मंगलबार ‘संविधानमा मौलिक अधिकार : विचार, आस्था तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा आयोजित अन्तरक्रियामा कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संगठन […]

सिलवाललाई बोकेर विप्लवलाई पक्राउ गर्न खोज्दा निम्तिने भयानक परिणाम

खतरानाक अपराधी जस्तै बनाएर इन्टरपोलमार्फत रेडकर्नर नोटिस नै जारी गरी नेपाल प्रहरीले सर्वाधिक खोजि गरेका नवराज सिलवाल शनिवार नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनभित्र छिरे । सुरक्षाकर्मीहरुले स्यालुट हाने उनलार्इ । केही दिन अघि उनी प्रधानमन्त्री निवास बालुवाटारमा पनि देखा परेका थिए । प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा रहँदासम्म नेपाल प्रहरीले सिलवाललाई जहाँ […]

सरकारको कदम विरुद्ध नेकपाको कडा प्रतिक्रिया, केपी र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्ने चेतावनी

नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । […]

बाध्य भएर आत्मसमर्पण गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकियो

कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे । चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा […]