भक्तपुर जिल्लाकै नमूना विद्यालय बन्दै गोल्डन सुनगाभा

भक्तपुर २७ चैत्र २०८० ।      गुणस्तरीय शिक्षा आजको आवश्यकताको मूल नारालाई अङ्गीकार गरी आजभन्दा छब्बीस बर्ष अगाडि स्थापना भएको एक उदाहरणीय विद्यालयको नाम हो गोल्डन सुनगाभा अङ्ग्रेजी बोर्डिङ स्कुल । चाँगुनारायणको काखमा अवस्थित यो विद्यालय सुनगाभा स्कूलको नामले जनस्तरमा प्रसिद्ध रहेको छ । यस विद्यालयमा आजसम्मको यात्रा तय गर्दा आठ सय विद्यार्थीसहित लगभग ९ रोपनी जग्गामा आफ्नो पूर्वाधार तय गर्न सफल भएको छ। भक्तपुर जिल्लाका नमुना विद्यालयहरूको पङक्तिमा यो विद्यालय पनि अग्रणी स्थानमा छ । अपाङ्गमैत्री तथा भुकम्प प्रतिरोधात्मक भवन, खुल्ला कक्षाकोठा, अनुभवी शिक्षक-शिक्षिका यस विद्यालयका गहना हुन् र खास विशेषता हुन् ।

 

 

प्रविधिले संसारलाई परिवर्तन गरेको वर्तमान अवस्थामा प्रविधिसँग हातेमालो गर्दै विश्वले चाहेको र बुझेको विद्यालय शिक्षालाई यस विद्यालयले विगतदेखि आजका दिनसम्म उत्तिकै महत्त्वका साथ विद्यार्थीमाझ पस्केका छ। सुविधा सम्पन्न कम्प्युटरल्याव , विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्थापन यस विद्यालयका प्रमाणहरू हुन् । यसका लागि पढाइ, लेखाइका अलवा बालवालिका भित्रको स्पुप्त क्षमतालाई प्रस्फुटन गर्नुपर्ने हुन्छ। यो उद्देश्यलाई सफल पार्नका लागि विद्यालयले सङ्गीत, नृत्य, अभिनय फुटबल, उसु, टेवलटेनिस र वास्केटबलको समेत व्यवस्था गरेको छ । यसले गर्दा बालबालिकालाई आत्मविश्वासी बनाई सकारात्मक सोचको विकास गर्न सहयोग गर्छ।

 

विद्यार्थी केन्द्रित शिक्षण सिकाइ आजको आवश्यकता हो । त्यसैले किताबी ज्ञानले मात्रै आजको सिकाई पुर्ण हुँदैन भन्ने सोचका साथ परम्परागत शिक्षण सिकाइको परिवर्तनको खातिर अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्वकला, हाजिरीजवाफ , कविता , चित्रकला जस्ता क्रियाकलाप नियमित हुदै आएका छन।

 

यस विद्यालयले २०७२ सालको एस एल सी परीक्षामा चाँगुनारायण नगरपालिकामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको यस विद्यालयले त्यो शृङ्खला २०७९ सालसम्म आइपुग्दा पनि यसलाई कायम राखेको छ ।

हाल यस विद्यालयमा करिब आठ सय विद्यार्थीहरू अध्ययनरथ छन र त्यस मध्ये एक सय बीस जनाभन्दा बढी विद्याथीहरूलाई छात्रवृत्ति प्रदान गरेको कुरा यसै विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनु भयो।

 

संस्कारयुक्त शिक्षा नै सिप आर्जनको पहिलो खुड्किलो हो भन्ने उद्देश्यको मर्म अनुसार हाम्रो शिक्षा प्रणालीलाई संस्कारयुक्त बनाउन सकियो भने मात्र आफ्नै गाउँठाउँमा जनशक्ति उत्पादन गरी देश विकासको गति बढाउन सकिन्छ। तसर्थ बालवालिकाहरूलाई संस्कारयुक्त शिक्षा दिनुपर्छ। जसले सिपको विकास गर्छ र समाज रूपान्तरणमा योगदान पुर्याउन सकिन्छ र आगामी दिनमा संस्कृत भाषा समेत पढाउने उद्देश्य रहेको कुरा प्रीन्सिपल महेशचन्द्र गौतमले बताउनु भयो।

Loading...