सर्लाही ठूलो मात्रामा लागू औषधसहित २ पक्राउ

सर्लाही २४ चैत २०८०।  सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।

 

लालबन्दी नगरपालिका  १ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित  हरिवन नगरपालिका  ७ चिताइनका २८ बर्षिय पिन्टुकुमार गुप्ता र ३० बर्षिय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

 

लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा  प्रहरीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध नाइट्राभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

आरोपीहरुले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार थान  बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन। 

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...