अनेसासद्वारा १२ हजार ६ सय डलर पुरस्कार वितरण

२०८१ वैशाख ४ काठमाडौं

दुई दुई वर्षमा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुरस्कार २०२३ समर्पण समारोहको पूर्णाहुति भएको छ ।

अनेसास बोर्ड अफ ट्रस्टीमार्फत वितरण गरिने यो पुरस्कार सन् २००३ देखि निरन्तर प्रदान गरिँदै आएको छ ।

सन् २०२३ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार विविध विधामा गरी १० कृति र अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार गरी जम्मा ११ पुरस्कार रहेका छन् ।

अमेरिकाको भर्जिनियामा नोभेम्बर १९ का दिन लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा उपस्थित पुरस्कार विजेताहरुलाई प्रदान गरिएको थियो ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२३ बाट पुरस्कृत हुनेहरुमा सर्वोत्कृष्ट पुस्तका पुरस्कार २१०० डलर रण काफ्ले, भारत (रैथाने, उपन्यास), अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङमय पुरस्कार, १००० डलर महेश्वर पन्त, अमेरिका (बौलाको डायरी, उपन्यास), अनेसास श्याम कार्की तथा इन्दीरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार १००० डलर श्रीबाबु कार्की, नेपाल (सन्दिग्ध शताब्दी, निबन्ध), अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार १००० डलर कल्पना खरेल, नेपाल (रानीतलाउ, उपन्यास), अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार १००० डलर गणेश जिसी, नेपाल (अरनिको एशिया ः एक प्रस्तावना (संस्कृति), अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा) १००० डलर, सिन्धु पौडेल, इजरायल (मृत सागरको उचाइबाट,कविता संग्रह), अनेसास राष्ट्र, सर्बोत्कृष्ट काव्य पुरस्कार १००० डलर, डा.गोविन्द आचार्य, नेपाल (दंङ्गी उर्वशी, महाकाव्य), अनेसास स्व. लक्ष्मीदत्त पाण्डेय सर्वोत्कृष्ट नियात्रा पुरस्कार १००० डलर निर्मोही व्यास, नेपाल (आवारा बादल, नियात्रा), अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार १००० डलर, महेश पौड्याल, नेपाल (अपरिचित अनुहार, कथा), अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत गजल पुरस्कार, ५०० डलर खेम रिजाल, अमेरिका (ऊर्जा (गितीसंग्रह— गीत), अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार २००० डलर मोहन सिटौला, अमेरिकालाई गरी जम्मा १२,६०० डलर पुरस्कार वितरण गरिएको हो ।

उक्त पुरस्कारहरुका पुरस्कार दाता क्रमशः अनेसास तथा प्रा.डा. गोपी उप्रेती, रोहिणी शर्मा, डा. श्याम कार्की, सुमन तिम्सिना, रोहिणी शर्मा, गीता खत्री, डा. चुडामणि खनाल, तीर्थराज पाण्डेय, पदम विश्वकर्मा, पुरु सुवेदी तथा कल्पना सुवेदी, सुनिल पाठक रहेका छन् ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेता भारतका असम निवासी स्रष्टा रण काफ्ले सहित नेपालबाट पुरस्कृत विजेताहरु अन्य पाँचजना स्रष्टाहरु भर्जिनियामा सम्पन्न उक्त समारोहमा उपस्थित हुन सकेका थिएनन् ।

पुरस्कृत हुनेहरुमा अधिकांश स्रष्टाहरुले पुरस्कार ग्रहण गर्न बाँकी भएकोले अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा नेपाल आएको बखत यस कार्यक्रम गरिएको हो ।

बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माको सभापतित्वमा भएको यस समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राई थिए ।

राईले भर्जिनियामा सम्पन्न यसै पुरस्कार समर्पण समारोहको प्रमुख अतिथ्यता ग्रहण गरेका थिए ।

अनेसास नेपाल च्याप्टरको सहआयोजनामा सम्पन्न यस समारोहका विशिष्ट अतिथिहरुमा बिओटीका निवर्तमान सभापति गीता खत्री, अनेसास बिओटीका बोर्ड सदस्य रश्मी भट्ट, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं काव्य विभाग प्रमुख बाबा बस्नेतलगायत अतिथिहरुमा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी अनेसास केन्द्रीय सदस्य सरिता अर्याल, पुरस्कृत स्रष्टाहरु रण काफ्ले, श्रीबाबु कार्की, कल्पना खरेल, गणेशकुमार जिसी आदि मञ्चासीन थिए ।

त्यसैगरी अन्य अतिथिहरुमा अनेसासमा दशकौँदेखि आफ्नो श्रम पसिना सल्लाहसुझाव खर्चिएका तर पर्दामा देखिन नचाहने अनेसासका पूर्व सल्लाहकार श्री राम खत्री, जापान निवासी सुष्मा ओमाता, हिरण्यकुमारी पाठक, उन्नति बोहरा शिला, सर्वोत्कृष्ट पुरस्कार समितिका सदस्य सन्ध्या पहाडी आदि रहेका थिए ।

अनेसासका केन्द्रीय उपाध्यक्ष डा. रेणुका सोलुले सञ्चालन गरेको उक्त समारोहमा उपस्थित प्रमुख अतिथिलगायत सम्पूण उपस्थित अतिथिहरुलाई पुरस्कार समितिका सदस्य सन्ध्या पहाडीबाट स्वागत मन्तव्यसहित स्वागत गरिएको थियो ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२३ ग्रहणपश्चात् पुरस्कृत स्रष्टाहरु रण काफ्ले, श्रीबाबुकार्की, कल्पना खरेल गणेश जिसीले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । अन्य अनुपस्थित पुरस्कृत स्रष्टाहरु निर्मोही व्यास र डा. गोविन्द आचार्यका प्रतिनिधिले पुरस्कार ग्रहण गरेका थिए ।
बिओटी निवर्तमान सभापति गीता खत्री, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसास बिओटी सदस्य रश्मि भट्ट, प्राज्ञ बाबा बस्नेत आदिले पुरस्कृत स्रष्टाहरुलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी अनेसास पोर्चुगल च्याप्टरका सचिव गोमा रेग्मी पण्डितले “अनेसास यस्तो होस” भन्ने छन्दात्मक कविता वाचन गरेकी थिइन् ।

प्रमुख अतिथि माननीय कुलपति भूपाल राईले अमेरिकामा सम्पन्न यसै पुस्तक पुरस्कार समर्पण समारोहमा पनि आफूले दियो जलाउने अवसर प्राप्त गरेको र यस समारोहमा पनि आफूले नै दियो जलाउने अवसर प्राप्त भएकोमा गौरवान्वित भएको जानकारी गराउँदै अनेसास बिओटीका सभापतिले प्रज्ञा अन्तर्देशीय पुरस्कार प्राप्त गरेबाटै अनेसास र प्रज्ञा प्रतिष्ठानको लगनगाँठो कसिएको जानकारी गराएका थिए ।

समारोहमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले धन्यवाद व्यक्त गरेका थिए । सभापति पदम विश्वकर्माले आफ्नो मन्तव्यसहित सहारोहको विसर्जन गरेका थिए ।

समारोहमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अनेसास बोर्ड अफ ट्रस्टी सदस्य साहित्यकार खेमनाथ दाहाल, अनेसास नेपाल च्याप्टरका निवर्तमा महासचिव ऋषभदेव घिमिरे, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, साहित्यकार बिक्रम भक्त जोशी, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मन्जिला शर्मा, निर्मलरमण पराजुली, कोषाध्यक्ष कमला रिसाल, कार्य समितिका सदस्यहरु, अनेसास जापान च्याप्टरका सल्लाहकार डा. बुनु दाहाल, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष गीता कार्की, साहित्यकार मधु पाठक, चलचित्र निर्देशक रमेश कोइराला, कलाकार विक्रान्त बस्नेत, राजरजक, ममता मृदुललगायत राजधानीमा उपस्थित साहित्यकार कलाकार, पत्रकारलगायत संस्कृतिकर्मीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा सम्पन्न भएको थियो ।

Loading...