सार्क मुलुकका शिक्षावीदहरु काव्य स्कूलमा

काठमाडौं, १९ मङ्सिर । दक्षिण एशियाका विभिन्न देशका शिक्षाविदहरुले काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे काब्य स्कूलमा पुगेका छन् । काब्यमा पुगेर उनीहरुले विद्यालयकाे अवलाेकन तथा जानकारी लिएका छन् । सार्क मुलुकका शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षा विभागका वर्तमान तथा पूर्वअधिकारीहरुका साथै शिक्षावीद्हरु मंगलबार काव्य स्कूलमा पुगेका हुन् । उक्त टाेलीमा भुटान सरकारका पूर्वशिक्षामन्त्री ठाकुर एस.पौड्याल, पाकिस्तानका गुल […]

मुक्तिनाथ बैंकले एक शिक्षक एक ल्यापटप दिने

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले एक शिक्षक एक ल्यापटप अभियानअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकलाई ल्यापटप खरिदका लागि सरल प्रक्रियामा कर्जा उपलब्ध गराउने भएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रविधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउन बैंकले सो योजना […]

महालक्ष्मी बैंकले खुरखरीयाका विद्यार्थीृहरुलार्इ झोलासँगै बाड्यो पोशाक

काठमाडाैं । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको चन्द्रौटा शाखा कार्यालयले खुरखुरीया कपिलवस्तुस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ । बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा […]

काव्य स्कूलमा प्रहरी विद्यालय समन्वय समिति गठन

काठमाडौँ, ११ मंसिर । गृह मन्त्रालयले गत कार्तिक ११ देखि शुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कूल नयाँबानेश्वरमा ११ सदस्यीय ‘विद्यालय-प्रहरी समन्वय समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा सो समिति गठन गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको संयोजकत्वमा गठित सो समितिमा नयाँबानेश्वर […]

अब एसएलसी र आइएवाला शिक्षकले पढाउन नपाउने, तोकियो शिक्षकको न्यूनतम शैक्षिक योग्यता स्नातक

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था संचालन ऐन २०७५मा सो व्यवस्था गरिएको हो । मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय […]

भक्तपुरको इन्जिनियरिङ कलेजको विवाद सुल्झाउन संसदीय समिति गठन

काठमाडौं, ६ मंसिर । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ। संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो। स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ। सोही समस्यालाई समाधान गर्न उपसमिति […]

सबैभन्दा धेरै नक्कली सर्टिफिकेट शिक्षकका, १६ सय उजुरी अख्तियारमा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७४/७५ को ३ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ५ सय ६ उजुरी परेका छन्। झुटो शैक्षिक […]

आफै पढ्ने विश्वविद्यालयका रजिस्ट्रार र अध्यक्षलार्इ कार्यकक्षमा थुनेको भन्दै नौ विद्यार्थी पक्राउ

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले […]

क्यानेडियन नागरिक विद्यालय बनाउन दाङका गाउँगाउँमा

दाङ । केभिन एजकोम्ब डकर्मीसँगै ईँट्टाको गारो लगाउन खटिएका छन् । उनका केही साथी सिमेन्ट र बालुवाको मसला तयार पार्दै छन् । केही भने ईँट्टा उचाल्न लागिपरेका छन् । यहि काममा खटिएकी क्लेयर कल्भर क्यानेडियन नागरिक हुन् । क्यानडा देशको विद्यार्थी । अहिले उनी गढवा स्थित जनता माध्यमिक विद्यालयको कक्षा कोठा बनाउन श्रमदानमा खटिएकी छन् […]

यस वर्ष २ सय ७७ स्कूलमा प्राविधिक शिक्षा थपिने

काठमाडाैं । यस वर्ष थप २७७ विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिने भएकाे छ । प्राविधिक शिक्षालाई ग्रामीण तहसम्म विस्तार गर्न यस्ताे निर्णय गरेकाे हाे । चालू आर्थिक वर्षमा सरकारले प्राविधिक शिक्षाका लागि थप ५२ करोड रुपैयाँ अनुदान दिने भएको छ । अनुदान बढाएसँगै ग्रामीण क्षेत्रका २ सय ७७ सामुदायिक विद्यालयमा चालू आर्थिक वर्षबाटै प्राविधिक शिक्षा […]