उमावि शिक्षकलाई विशेष पद दिने तयारी, एकीकृत शिक्षक व्यवस्थापन गरिँदै

काठमाडौं । एकीकृत शिक्षक व्यवस्थापनको तयारीको छलफल चलिरहँदा साविकका उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई विशेष पदमा राख्ने तयारी भएको छ । उमावि तहको दरबन्दीमा रहेका शिक्षकलाई माध्यमिक तह द्वितीय श्रेणी सरहको विशेष पदमा मिलान गरी राख्ने तयारी गरिएको हो । त्यसका लागि उनीहरुलाई एक पटकका लागि प्रतिष्पर्धामा भाग लिने मौका दिने बताइएको छ । साविकका […]

सिकाइलाई जीवनसँग जोड्न एकीकृत पाठ्यक्रम

काठमाडौँ, १८ साउन । सरकारले विद्यार्थीको सिकाइलाई जीवन पद्धतिसँग जोड्नका लागि कक्षा १ देखि ३ सम्म विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक शिक्षाको गुणस्तर खस्किरहेको र व्यावहारिक शिक्षा प्रदान गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती कक्षामा ‘एकीकृत पाठ्यक्रम’ र ‘प्रारम्भिक कक्षा पढाइ’ कार्यक्रम सञ्चालन गरेको हो । यसै शैक्षिक सत्रदेखि परीक्षणको रुपमा […]

सय सडक बालबालिकालाई निःशुल्क अध्यापन

काठमाडौँ, १८ साउन । विभिन्न कारणले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि बाल सारथी सामाजिक संस्थाले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । जयवागेश्वरीमा १०० जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो । बाल सारथी एकेडेमीको नाममा स्थापित यो विद्यालयमा हाल कक्षा ५ सम्म गरी ५४ छात्रा र ४६ […]

कोलकातामा भब्य रुपमा मनाइयो भानुजयन्ती

काठमाडौँ, १८ साउन । भारत पश्चिम बङ्गाल राज्य हावडामा यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनकल्याण समिति कोलकाताले आयोजना गरेको कार्यक्रममा नरविक्रम थापाको सम्पादकत्वमा प्रकाशित ‘बिहानी’ पत्रिकाको २० औँ अङ्क विमोचन हुनाका साथै कविता र गीत वाचन तथा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा […]

कर्मचारी तथा शिक्षक सबैले तलब खान बाबुआमाको खातामा १० प्रतिशत अनिवार्य जम्मा गर्नुपर्ने

काठमाडाैं । अब सरकारी कोषबाट तलब खानेले आफ्नो मासिक पारिश्रमिकको १० प्रतिशत बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने भएको छ । बृद्ध अवस्थामा धेरैले बाबुआमालाई पाल्न छाड्ने गरेको तथा सामाजिक सुरक्षाका लागि यस्ता व्यवस्था लागु गर्न लागिएको बताइएको छ । यो व्यवस्था निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायत सबैमा लागु हुने भएको छ । अहिलेका लागि […]

शिक्षामन्त्रीको अध्यक्षतामा सरकारले बनायो त्रिविमा सर्च कमिटि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि सरकारले सर्च कमिटी गठन गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन गरिएको उक्त सर्च कमिटीले सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि अध्ययन गरी नाम सिफारिस गर्ने बताइएको छ । सर्च कमिटीमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका […]

भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण गरि हस्तान्तरण

भक्तपुर, १८ साउन । सूर्यविनायक नगरपालिका–५ मा रहेको कटुञ्जे आधारभूत विद्यालय भवन शुक्रबार हस्तान्तरण गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको उक्त विद्यालय भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेपछि शुक्रबार विद्यालयलाई भवन हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नयाँ भवनको उद्घाटन गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला […]

साविक उमावि शिक्षकहरुको स्थायित्वको लागि सडक संघर्ष गर्ने चेतावनी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले साविक उच्च माध्यमिक शिक्षकहरुको न्यायका लागि सडक संघर्ष गर्ने बताएका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुको स्थायी व्यवस्थापन नभएसम्मका लागि आफूहरुले सडक संघर्ष गर्ने अधिकारीले स्पष्ट पारेका हुन् । साविक उच्च माध्यमिक शिक्षक युनियन(हिस्टुन)ले शुक्रवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै युएण्टो […]

अनेकाै किचलोको भूमरीमा सुदूरपश्‍चिम विश्‍वविद्यालय

कञ्चनपुर, १७ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्ट्रारको निवासबाट कार्यालयको कामकाज भइरहेको थाहा पाउनासाथ गत सातादेखि निवासमै तालाबन्दी गर्न पुगे। सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज […]

छात्रवृत्तिमा अध्ययन गरेकालाई कडाइ गर्दै सरकार : परिचालन गर्न गठन गरियो समिति

काठमाडौँ, १७ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई परिचालन गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा भीमप्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिले आंशिक तथा पूर्ण छात्रवृत्तिमा […]