सरुवा र रमना मिलाएर घुस लिने प्रअ र विव्यस अध्यक्ष यसरी परे अख्तियारको फन्दामा

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ । उनीहरुलाई ६५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका […]

घुस सहित ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

परासी, ३१ साउन । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र […]

१८ दिनमै दुईपटक पुगे मन्त्री पोखरेल परीक्षा बोर्ड : छोराछोरीले परीक्षा दिने भन्दै निर्देशन

भक्तपुर, ३० साउन । शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिले उनीहरु दंग देखिन्थे । हो, बिहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले […]

एसईई पुनर्योगको नतिजा सार्वजनिक, ८६३ जनाको नतिजा सच्याइयो (हेर्नुहोस सच्याइएको पूरा नतिजा)

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । पनिकाले यसअघि एसईई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । […]

शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको की र उत्तरमा सङ्केत ?

 काठमाडौँ, ३० साउन । शिक्षक सेवा आयोगको गत बर्ष भदौमा लिएको परीक्षाको नतिजा प्रकाशित भएसँगै धेरै लामो समयपछि शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को विज्ञापनको परीक्षा मिति पनि सार्वजनिक प्रकाशित गरेको छ । यसपालादेखि वस्तुगत प्रश्न ४० अङ्कभारको रहने र वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको २० प्रतिशत कट्टा गरिने भएको छ […]

पठन संस्कृतिको विकास गर्न घुम्ती पुस्तकालय सञ्चालन

राँझा, ३० साउन । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले पठन संस्कृतिको विकासका लागि वडास्तरीय घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा १२ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा ज्ञानोदयले पठन संस्कृतिको विकास र निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताए । उहाँका अनुसार, […]

राहत, इसिडि शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्न शिक्षक महासंघको २४ घण्टे अल्टिमेटम

नेपाल शिक्षक महासंघले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका समस्या सम्झौता बमोजिम समाधान गर्न शिक्षा मन्त्रालयलाई २४ घण्टे अल्टिमेटम दिएको छ । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई अल्टिमेटम पत्र बुझाउँदै शिक्षक महासंघले राहत, द्वन्द्वपीडित, इसिडि शिक्षकलगायत विद्यालयकर्मचारीहरुको माग पुरा गर्न शिक्षा मन्त्रालयलाई बुधवार ५ बजेसम्मको समय दिएको हो ।  महासंघको अध्यक्ष बाबुराम थापा […]

सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध

रियो डे जेनेरो, २९ साउन । सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ । सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन् । सरकारले स्नातकोत्तर तहमा […]

सचिवहरुसँग ‘कार्यसम्पादन सम्झौता’ गर्दै शिक्षामन्त्रीले दिए यस्तो चेतावनी !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयका सचिवसँग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र विज्ञान प्रविधि सचिव कृष्णराज विसीसँग कार्यसम्पादन  सम्झौता गरेका हुन् ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पाखरेललगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरेका थिए । […]

शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्न शिक्षक महासंघको २४ घण्टे अल्टिमेटम

२९ साउन, काठमाडौं ।नेपाल शिक्षक महासंघले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका समस्या सम्झौता बमोजिम समाधान गर्न शिक्षा मन्त्रालयलाई २४ घण्टे अल्टिमेटम दिएको छ । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई अल्टिमेटम पत्र बुझाउँदै शिक्षक महासंघले राहत, द्वन्द्वपीडित, इसिडि शिक्षकलगायत विद्यालयकर्मचारीहरुको माग पुरा गर्न शिक्षा मन्त्रालयलाई बुधवार ५ बजेसम्मको समय दिएको हो । महासंघको […]