काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार दार्चुला जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा […]
शिक्षा
प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिकः हेर्नुहोस् बैतडीको नतिजा (पूरा नतिजासहित)
काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार बैतडी जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई […]
‘शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउनुहुँदैन’
दमौली, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताए […]
शिक्षकको ‘गोल्डेन हेण्डसेक’मा घुस लिएको आरोपमा किताबखानाका दुई कर्मचारी पक्राउ
काठमाडौं, १८ भदौ । अस्थायी शिक्षकको ’गोल्डेन हेण्डसेक’ वितरणका क्रममा घुस रकम लिएको भन्दै विद्यालय शिक्षक किताबखानाका दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार केसी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई अस्थायी शिक्षकहरुसँग गोल्डेन ह्याण्डसेक बुझ्ने क्रममा कागजात मिलाउने प्रयोजनका लागि घुस रकम […]
चिकित्सा शिक्षा आयोग पूर्ण नहुँदा बल्झियो छात्रवृत्ति विवाद
काठमाडौँ, १७ भदौ । चिकित्सा शिक्षा आयोगको पूर्णतामा ढिलाइ भएपछि चिकित्सा शिक्षामा छात्रवृत्ति र शुल्क व्यवस्थापनको विषय पुनः बल्झिएको छ । एमबिबिएस प्रवेश परीक्षाको सम्मुखमा विद्यार्थीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का चिकित्सा अध्ययन संस्थान र परीक्षा सञ्चालन शाखामा शुरु गरेको तालाबन्दी तोडाउन यस बीचमा भएका वार्ता निष्कर्षविहीन भएका छन् । वार्ता सफल नभएमा यही भदौ २१ गतेदेखि […]
आन्दोलनका कारण २ विश्वविद्यालयको प्रवेश परीक्षा अन्योलमा
काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस तहको प्रवेश परीक्षा निर्धारण गरेकामा करीब १९ हजार छात्रछात्रा सहभागी हुने भएका थिए । ती दुबै विश्व विद्यालयका परीक्षा […]
शिक्षकलाई यस्तो ‘स्वर्णिम स्वेच्छिक अवकाश’को अफर
हेटौंडा । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको एक स्थानीय तहले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको छ । थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवागरिसकेको शिक्षकका लागि उक्त योजना सार्वजनिक गरेको हो । ‘थाहा नगरपालिकास्थित नगर शिक्षा समितिले पेन्सन पाकेका, अपडेट हुन नसक्ने, अंग्रेजी माध्यममा प्रावि […]
यसरी मनाइदैछ राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी गरेको छ । सोमवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उक्त समारोहलाई भव्यताका साथ सम्पन्न गर्न सबै तयारी पुरा भएको जानकारी गराइयो । […]
शिक्षक नेतामाथि सामाजिक सञ्जालमा गालीः २४ घण्टे अल्टिमेटम दिएर विदेश सयर गर्न लाज लाग्दैन ?
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई शिक्षकको माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दियो । पछि २२ घण्टामै वार्तामा बोलाएको भन्दै शिक्षा मन्त्रालयसँग वार्ता भयो र सहमति भयो विगतका सहमति कार्यान्वयन गर्ने । त्यसको केही दिनपछि शिक्षक महासंघका अध्यक्ष, महासचिव लगायतको टोली शिक्षा मन्त्रालयको कोटामा चाइना टुरमा निस्कियो । यो घटनाको सामाजिक सञ्जालमा विरोध शुरु […]
लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउने आयोगले दियो अन्तिम मौका
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउन पुनः मौका प्रदान गरेको छ । मंगलवार एउटा सूचना जारी गर्दै आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्र सच्याउन सकिने जनाएको हो । आयोगले भाद्र ६ गते अनलाइनमा प्रवेशपत्र सार्वजनिक गर्दै त्यसमा त्रुटि भए सच्याउनका लागि ३ दिने म्याद दिएको थियो । आयोगले प्रदेश नम्बर १ र […]










