चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान

अर्घाखाँची, २ मङ्सिर । अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गरेका छन । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गरेका हुन । उनले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा […]

वडाध्यक्षको शिक्षक सेवा आयोगमा निस्कियो, राजीनामा दिएर वडाअध्यक्षले खाए शिक्षकको जागीर

सल्यान, २ मङ्सिर । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् । विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकपा […]

कम्प्युटर शिक्षाका लागि ‘डिजी स्कुल’ कार्यक्रम

काठमाडौँ, १ मङ्सिर । कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ । नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको उक्त कार्यक्रम सञ्चालन भए विद्यालयस्तरमै विद्यार्थीले उच्चस्तरको कम्युटर शिक्षा प्राप्त गर्नसक्ने जनाइएको छ । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार […]

पाल्पा जिल्लाका शून्य दरबन्दीमा १२ विद्यालय

पाल्पा, २९ कात्तिक । पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै […]

क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी

मार्तडी, २९ कात्तिक । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन । आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा […]

युनेस्को महासभामा शिक्षामन्त्री

काठमाडौँ, २७ कात्तिक । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतितिधित्व गरिरहेका छन । युनेस्कोको मुख्यालयमा जारी सो महासभामा उनले राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन […]

कक्षा ३ मा पढ्ने आफ्नै विद्यार्थीलाई बलात्कार गर्ने शिक्षक पक्राउ

चितवन, २७ कार्तिक । माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्न माध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर […]

पहाड–मधेशका धेरै विद्यार्थी संस्कृत पढ्न मटिहानीमा

महोत्तरी, २७ कात्तिक । संस्कृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने विकट पहाडी जिल्लाका विद्यार्थीको आत्मीय व्यवहारले पहाड–मधेश सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको यहाँका बासिन्दा बताउँछन् । संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती […]

लोक सेवाद्वारा अधिकृत(प्राविधिक)को विज्ञापन(सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी।प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन गरेको हो । आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा/समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो  http://www.psc.gov.np/assets/uploads/files/Advt_Tech_Officer.pdf

सरकारले कुरा नसुनेपछि माध्यमिक तहको स्कूल चलाउन र शिक्षकलाई तलब खुवाउन महायज्ञ

तम्घास, २६ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक […]