उपत्यकामा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुदै

 मंसिर  २७ ,ललितपुर। ललितपुर महानगरपालिकाले पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न छलफल भैरहेको महानगरपालिका प्रवक्ता राजु महर्जनले बताएका छन् ।
यस अघि काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको थियो।
शिक्षा मन्त्रालयले कोभिड—१९ संक्रमणका कारण बन्द विद्यालय खोल्न स्थानीय तहलाइ जिम्मा लगाए पश्चात परिस्थिति अनुकुलता हेरी निर्णय गरी सञ्चालन गर्न दिने भएपछि विद्यालय खोल्ने तयारी थालेका हुन्।  काठमाडौँ उपत्यका महानगरभित्र निजि बाहेक सामुदायिक विद्यालयमा पढ्ने १६ हजार विद्यार्थी छन्।

यसै गरि भक्तपुर नगरपालिकाले पनि मातहतका विद्यालय खोल्ने तयारी गरेको छ। भक्तपुरमा ३५ सामुदायिक र ५७ वटा संस्थागत विद्यालय छन्। ठूलो कक्षाबाट आलोपालो गर्दै विद्यार्थीलाई भौतिक रूपमै उपस्थिति गराएर हाललाई ठुलो कक्षा बात विद्यालय संचालन गराईने मेयर सुनील प्रजापतिले बताएका छन् । गोदावरी नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा यस विद्यालयहरु सञ्चालनमा आइसकेका छन् ।

 

 

Loading...