हेरिटेज वाक निर्माण कार्य अगाडी बढाइने

 

काठमाडौँ।  प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले काठमाडौँ दरवार क्षेत्र हनुमान ढोका देखि स्वयम्भु जोड्ने पुरानो मार्गलाई हेरिटेज वाकको रुपमा बिकाश गर्ने बताउनु भयो। नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार योजना गरेको रक्तदान कार्येक्रममा सासद श्रेष्ठले हनुमान ढोका क्षेत्र संगै जोडिएर रहेको काठमाडौँ महानगरपालिका १९ वडा अन्तर्गत पर्ने भित्रि सहरलाई पर्येताकीय दृष्टिकोणले महत्व दिएर हेरिटेज वाक मा पर्ने मार्गको रुपमा माहानगरले बिकाश योजना तयार पारिसकेको बताउनु भयो। श्रेष्ठले बताउनु भयो – ‘ यो बर्ष महानगर र संघीय सरकारबाट ५ करोड बिनियोजन भैसकेको छ , पुराना भित्रि सहर मध्ये हनुमान ढोका र १९ वडा मा देखिएको बिकाश अन्तरलाइ ध्यानमा राखी यो क्षेत्रको सास्कृतिक , मौलिततालाइ समेत सगै संगै बिकाश गर्दै पर्येतन क्षेत्र्को आकर्षण हुने पूर्वाधार तयार पार्न अर्थमन्त्रालय बात बजेत् निकासा हुने भएको छ , महानगर र संघीय सरकारले चासो दिएको छ। हामीले यसकालागी छुटै योजना हामीले बनाई राखेका छौ। हेरिटेज वाक क्षेत्रला विकास गर्न बिष्णु मति खोलामा पक्कि पुल संघीय सरकारले बनाउने योजना रहेको छ। हालको संक्रमण अवस्थाला मध्ये नजर गरि ५० शैया क्षमताको आइसोलेसन आनन्द कुटीमा निर्माण हुदैछ ।’

  कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज १९ वडा नगर समितिका अध्यक्ष बिनोद खड्गी ज्युको सभापतित्वमा विशेष अतिथिमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्मचार्य, अतिथिमा का.म.न.पा १८ वडा का वडा अध्यक्ष न्हुछें काजी महर्जनलगायतको उपस्थिति रहेको थियो। समाजले कोविड संक्रमणको समएमा विभिन्न स्थानमा रक्तदान कर्येक्तम गर्दै आएकोछ।  

Loading...