काठमाडौँ। संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध कारोबार गर्ने ब्यक्तिहरु पक्राउ परेका छन्। गोप्य रुपमा कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अपराध महाशाखाबात खटिएको विशेष टोलीले काठमाडौंको स्वयम्भु किमडोलबाट झोछे बस्ने क्रमस रिकेश शाक्य, सुरेश शाक्य , अनिल श्रेष्ठ ,रामसिंह तामाङ र नुवाकोट मेघाङ गा.पा.-६ मुना तामांगलाइ पक्राउ गरेको छ।
प्रहरीले उनीहरुबात गैंडाको खाग भनि बिक्रि वितरण गर्न कोठामा राखिरहेको अवस्थामा गैंडाको खाग जस्तो वस्तु समेत बरामद गरेको छ। पक्राउ परेका सबै लाइ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महाशाखाले जनाएको छ ।