काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा एक कार्यक्रम गरी भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रममा नेपाल सरकार, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण सापकोटा, राष्ट्रिय […]
शिक्षा
बालबालिकाका लागि उपयोगी ‘हनुमानको करामत’ चित्रकथा सार्वजनिक
फागुन ५ , काठमाडौं । बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारीत रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको […]
त्रिविको स्थगित परीक्षा फागुनमा हुने
काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे […]
सरकारले शिक्षासम्बन्धी ३ वटा कानुन बनाउँदैछ – राज्यमन्त्री श्रेष्ठ
काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा लगानीको वातावरण बढाउने गरी कानूनी व्यवस्था गर्ने बताएका छन् । शनिबार काठमाडौंको सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रेष्ठले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षासम्बन्धी छुट्टाछुट्टै कानुन बनाउन लागेको जानकारी दिए । ती कानुन […]
शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगराउन सिफारिस
काठमाडौं, १५ माघ ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको सिसिएमसीको बैठकले शिक्षक संस्थाहरू भौतिक रूपमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिइन्। उनका अनुसार शिक्षण संस्थाहरूले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न भने सक्ने बताइन्। यसअघि […]
विद्यालय सञ्चालन गर्न दिन प्याब्सनको माग
बुटवल, १४ माघ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेको छ । प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय पनि खुल्न दिएर भौतिकरुपमै पठनपाठन हुने व्यवस्थाका लागि सरोकारवालासँग माग गरेका हुन् । ‘एसईई र वार्षिक परीक्षा नजिकै […]
माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने
काठमाडौं, ११ माघ । विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ। कोरोना बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो। मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय […]
सबै क्याम्पस तथा विभागलाई माघ ११ गतेदेखि अनलाइन पढाउन त्रिविको निर्देशन
काठमाडौं, ९ माघ। त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि सबै क्याम्पस तथा विभागहरुले सोमबार (भोलि) १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको […]
एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने
काठमाडौं, ९ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने […]
संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणको चपेटामा
दाङ, ९ माघ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब २५ बिघा जग्गा अतिक्रमणमा परेको छ। विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको जम्मा एक हजार ६६२ बिघा […]











