खोटाङ, १० असोज । प्रदेशस्तरीय किरात विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् । जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन–अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारिएको नेपाल आदिवासी जनजाति महासंघ, […]
शिक्षा
शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न माग
काठमाडौँ, ५ असोज । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा हालै संशोधन गरिएको शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन् । संगठनले राजधानीमा पत्रकार सम्मेलन गरी नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भएकाले तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह […]
माथेमा र वाग्ले शिक्षा आयोगमा नबस्ने
काठमाडौँ, ५ असोज । शिक्षाविद् केदारभक्त माथेमा र डा मनप्रसाद वाग्ले उच्चस्तरीय शिक्षा आयोगमा नरहने भएका छन् । मंगलबार संसद्ले पारित गरेको शिक्षा ऐन (नवौँ) संशोधनले सामुदायिक विद्यालयको गुणस्तर खस्कने भन्दै उनीहरुले आयोगमा रहेर काम गर्न असमर्थता जनाएका हुन् । गत साता भएको आयोगको पहिलो बैठकमा सहभागी डा वाग्लेले मन्त्रालयसामु लिखित राजीनामा दिएका छन् भने […]
सिसी क्यामराको निगरानीमा पढाइ
जाजरकोट, ४ असोज । यहाँको एक सामुदायिक विद्यालयमा सिसीटिभीको निगरानीमा पढाइ शुरु भएको छ । जिल्लाकोे भेरी नगरपालिका–१ मा रहेको शिव माध्यमिक विद्यालयमा सिसीटिभी क्यामराको निगरानीमा पढाइ शुरु भएको हो । विद्यालयमा शिक्षकले पूरा समय दिएर पढाउन् र विद्यार्थी पनि अनुशासित भई पढुन् भनेर यस्तो व्यवस्था गरिएको प्रधानाध्यापक तिलक खत्रीले बताए । सदरमुकाम खलंगा नजिकै […]
प्राविधिक शिक्षातर्फ आकर्षण बढ्दो
पाल्पा, १ असोज । स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ । हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ । माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा […]
शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु
काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो […]
त्रिविका उपकुलपति पनि कांग्रेसकाे अन्तर्घातीकाे सूचिमा
काठमाडौं, २८ भदौ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन्। कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो। कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि […]
‘अभिलेख विश्वविद्यालय’मा एघारौँ शताब्दीका ग्रन्थ
काठमाडौँ, २६ भदौ । राजा गीर्वाणयुद्धविक्रम शाहको शासनकालमा प्रारम्भ भएको हस्तलिखित ग्रन्थ तथा दस्तावेजको संकलनको विकसित रुप पुरातत्व विभागअन्तर्गतको अभिलेख सङ्ग्रहले विश्वविद्यालयको रुप धारण गरेको छ । त्यस्ता अभिलेख, ग्रन्थ, ताडपत्र तथा भोजपत्रको अध्ययन गर्न नेपालसहित भारत, जापान, जर्मनी आदि मुलुकका अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राध्यापक तथा इतिहासमा चाख राख्नेहरु अभिलेख शाखामा आउने गरेका छन् । […]
गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ’
तेह्रथुम, २६ भदौ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर […]
रोकियो उत्कृष्ट बिद्यालयले पाउने शिक्षा पुरस्कार
काठमाडौँ । शिक्षा मन्त्रालयले प्रत्यक बर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रदान गर्ने शिक्षा पुरस्कार यस बर्ष बिबादमा परेको छ । शिक्षा क्षेत्रमा योगदान पर्याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब्यबहारीक एवम् कानुन विपरित भएको भन्दै अदालतमा रीट परेपछि शिक्षा पुरस्कार बिबादमा परेको हो । पुरस्कार चयनबारे ललितपुरस्थित प्रसादी […]




