रुकुम, २१ पुस । जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ ।
चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन् ।
चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षकहरूको भनाइ छ ।
गत आइतबारदेखि बन्द भएका विद्यालय आगामी माघ १५ गतेदेखि सञ्चालन हुने बताइएको छ । विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् ।