काबुलको विस्फोटमा बाह्र जनाको मृत्यु

 काबुल, २८ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ ।यस आक्रमणमा मारिनेहरुमा तीन जना बालबालिका रहेका जनाइएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा चार विदेशीसहित २० जना सख्त घाइते भएका गृह मन्त्रालयका […]

देशमा रक्तपात बढेर आफ्नो ज्यानमाथि नै खतरा आउने देखेपछि राजिनामा दिएको मोरालेसको दावी

विपक्षी पार्टीले लामो समयदेखि लगातार हिंसात्मक प्रदर्शन गरेर विरोध जनाएपछि राजिनामा दिएर राजनीतिक शरणका लागि मेक्सिको पुगेका बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएको बताएका छन् । उनले देशमा आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएपछि मेक्सिकोमा राजनीतिक शरण लिन बाध्य भएको बताएका छन् । मेक्सिकोमा अहिलेका लागि राजनीतिक शरण लिन पुगे […]

काबुल विस्फोटमा सात जनाको मृत्यु

काबुल, २७ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७स२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन । शक्तिशाली विस्फोटन भएको नजिकै […]

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

गाजा सिटी, २७ कात्तिक । इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ । इजरायलले प्यालेस्टिनी विद्रोही समूह इस्लामिक जिहादका कमान्डर विरुद्ध मङ्गलबार बिहानदेखि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । इस्लामिक जिहादले बुधबार मारिएका दुई […]

पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

लिमा, २७ कात्तिक । पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो । […]

भ्रमण वर्षको सन्देश ७१ देशमा एकै पटक

चितवन, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् । यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ । […]

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

भद्रपुर, २७ कात्तिक । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । […]

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

नयाँ दिल्ली, २७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र […]

अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन, २६ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् । उनि यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल […]

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिको सिटी, २६ कात्तिक । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गरेका हुन । उनले भने, “मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र […]