एजेन्सी । बिल गेट्सले र माइक्रोसफ्ट एकअर्काका पर्याय थिए । तर, अब त्यो नरहने भएको छ । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् […]
विश्व
भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित
एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको […]
कोरोनाभाइरस सङ्क्रमणका कारण अमेरिकामा ‘सङ्कटकाल’ घोषणा
एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ । उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ। कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको […]
कोरोना संक्रमणका कारण स्पेनमा संकटकाल
एजेन्सी । कोरोना भाइरसको महामारी फैलिएपछि स्पेनले संकटकाल घोषणा गरेको छ।प्रधानमन्त्री पेड्रो साञ्चेजले संकटकाल घोषणा गरेका हुन्। उनले शनिबार दिउँसो क्याबिनेट बैठक बसेर १५ दिनका लागि संकटकालको निर्णय हुने बताए। स्पेनमा कोरोनाबाट १ सय २० जनाको ज्यान गइसकेको छ। संक्रमित हुनेको संख्या ४ हजार २ सय नाघेको छ।संकटकालीन अवस्थामा सरकारदले नागरिक र वाहनको आवतजावतमा रोक लगाउन, […]
ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण
एजेन्सी । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । उनलाई बिहीबारमात्रै कोरोना भाइरसको परीक्षण गरिएको थियो ।यद्यपि बोल्सोनारोलाई कोरोना भाइरस लागेको पुष्टि भएको विषयमा ब्राजिलका स्वास्थ्य अधिकारीले भने कुनै टिप्पणी गरिसकेका छैनन् । […]
कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन मोदीको प्रस्ताव
काठमाडौँ, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। ‘संयुक्तरुपमा […]
कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्यु
काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको भएको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ बर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटका राज्यको कालाबुर्गीमा मंगलबार मृत्यु भएका वृद्धको भाइरसकै संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु कारण परीक्षण प्रतिवेदन बिहिबार मात्रै आएको थियो । […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थप १२ वर्षसम्म राष्ट्रपति बन्ने
काठमाडौं, २९ फागुन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थप शक्तिशाली भएका छन् । रुसको संसद्ले देशको संविधान संशोधन प्रस्तावलाई स्वीकृति दिएसँगै पुटिन झन शक्तिशाली भएका हुन् । अब पुटिन थप १२ वर्षसम्म राष्ट्रपति हुने भएका छन् । रुसी जनतामा पुटिन लोकप्रिय भएपनि संवैधानिक प्रावधानले पुटिन लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाएका थिएनन् । संविधान संशोधनसँगै […]
विश्व स्वास्थ्य संगठनद्वारा ‘कोरोना भाइरस विश्वव्यापी महामारी’को घोषणा
काठमाडौँ २९ फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी […]
ट्रम्पले लगाए २६ मुलुकमा यात्रा प्रतिबन्ध
काठमाडौं, २९ फागुन । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा सोधपुछ र […]