कोरोनाले अमेरिकामा मृत्यु हुने ४ लाख ७९ हजार नाघे

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै […]

अत्यावश्यक नपरी घरबाहिर ननिस्कन म्यानमारका नेपालीलाई दूतावासको आग्रह

काठमाडौं । म्यानमारमा सेनाले सोमबारदेखि सत्ता कब्जा गरी एक वर्षका लागि संकटकाल लगाएको छ। त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएका कारण म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण छ। यही कुरा विचार गरी म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव […]

ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद भवनमा आक्रमण, ४ को मृत्यु

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या चार पुगेको छ । हिंसा भड्किएपछि जारी गरेको कर्फ्यू उल्लंघन गर्दै भएका प्रदर्शनपछिका झडपमा थप तीन जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूको मृत्युको कारण ‘हेल्थ इमरजेन्सी’ (उपचार अभाव)भएको बताइएको छ । नोभेम्बर ३ मा […]

पिपिई लगाएर चिनियाँ उपमन्त्रीसहितको टोली विशेष विमानबाट काठमाडौंमा अवतरण

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट चिनियाँ टोली साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।चिनियाँ टोलीका सबै सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा कार्यरत एक कर्मचारीले जानकारी दिए । विमानस्थलमा उत्रेर चिनियाँ टोली सिधै बालुवाटारस्थित […]

फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या

एजेन्सी । फ्रान्सको पुये–डी–डोममा गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि बुधबार गोली प्रहार गरिएको थियो । उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ । आक्रमणकारी ती […]

पाकिस्तानबाट आएका ड्रोनले भारतीय भूमिमा खसाल्यो ११ वटा ग्रिनेड

काठमाडौं, ७ पुस । पाकिस्तानबाट आएका ड्रोनले भारतीय भूमिमा ११ वटा ग्रिनेड खसालेको छ। भारतीय राज्य पञ्जाबको सीमास्थित गुर्दासपुर जिल्लामा ११ वटा ग्रिनेड भेटिएको र उक्त ग्रिनेड पाकिस्तानबाट आएका ड्रोनले खसालेको भारतीय संचार माध्यमले जनाएका छन्। यसै हप्ताको आइबार साँझ बमहरु भेटिएका थिए। सोही दिन त्यहाँको सीमामा पाकिस्तानी ड्रोनहरु देखा परेका थिए। सीमा सुरक्षा बलले […]

कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क दिइने

एजेन्सी । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप […]

ईन्जाको दोस्रो अन्तराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

कोभिड १९ का कारण सञ्चार क्षेत्र थिलथिलो भएको तथा करिब ३० अर्ब रुपैयाँको नेपाली मिडिया उद्योग धराशायी बन्न पुगेको बताईएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)को ग्लोबल वेबमिनारमा कोरानाका कारण सञ्चार क्षेत्रमा परेको असरमा बारेका व्यापक छलफल गरिएको हो। दास्रो ईन्जा ग्लोबल मिडिया कन्फेरेन्सको भर्चुअल उद्घाटन गर्दै नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत […]

जम्मु–कश्मीरको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं, १३ मंसिर । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत […]

टेस्लाका इलोन मस्क बिल गेट्सलाई उछिन्दै भए ३५ औं स्थानबाट उक्लेर दोस्रो धनी

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक इलोन मस्क माइक्रोसफ्टका संस्थापक बिल गेट्सभन्दा धनाढ्य व्यक्ति बनेका छन्। बिल गेट्सलाई पछिपार्दै मस्क विश्वकै दोस्रो धनाढ्य व्यक्ति बनेका हुन्। आफ्नो विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य ५ सय अर्ब डलर भएपछि मस्कको व्यक्तिगत धन १२८ अर्ब डलर पुगेको बताइएको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जेफ बेजोस […]