जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत । एक्लियो अमेरिका

Donald Trump alone in G-20 Summit

काठमाडाैं, २५ असार । जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनबाट अमेरिका एक्लिएकाे छ । विश्वका ठूला पुँजीवादी देशहरुकाे संगठन जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्ति पनि निकै अालाेचना भएकाे छ । ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका एक्लिनु परेपछि अहिले थुप्रै अमेरिकी बुद्धिजीवीहरुले पनि ट्रम्पकाे अालाेचना गर्न सुरु गरेका छन् । जी २० […]

अमेरिकी राष्ट्रपति ट्रम्प पत्नी मेलानी प्रदर्शनकारीको घेराबन्दीमा

ह्याम्वर्ग । जर्मनीको ह्याम्बर्गमा जी–२० विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आवासगृहमै घेराबन्दीमा पारेका छन् । राजनीतिक नेताका श्रीमतीका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरू सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए । “हम्बर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन,” उनका प्रवक्ता स्टेफन ग्रिशामले भने । जलवायु […]

जी–२० सम्मेलनमा ट्रम्प र पुटिनबीचको पहिलो भेट

trump-putin

ह्यामवर्ग । जर्मनीको हैम्बर्गमा भइरहेको जी २० शिखर सम्मेलनका अवसर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो भेट भएको छ । लामो समयदेखि चिसो सम्बन्ध रहँदै आएका दुई देशका प्रमुखहरुबीचको यो भेटलाई विश्वभर चासोपूर्वक हेरिएको छ । विश्वकै ध्यान खिचेको उनीहरूको पहिलो भेटमा दुई नेताले हात मिलाएका र केही शब्दको आदान प्रदान […]

सुरक्षाकर्मीको अाक्रमणबाट ४० विद्राेहीको मृत्यु

कायरो, २३ असार । इजिप्टको उत्तरी सिनाईमा रहेको सैनिक पोष्टमा आत्मघाती विष्फोट गराएपछि शुक्रबार सरकारी सेनाले गरेको जवाफी कारबाहीमा परी कम्तीमा ४० जना विद्रोही लडाकूको मृत्यु भएको छ । सुरक्षा कार्यालयमा भएको आत्मघाती बम हमला र गोली प्रहारमा परी कम्तीमा १० जना सुरक्षाकर्मीको समेत मृत्यु भएको थियो । “सुरक्षा कारबाहीका क्रममा ४० जना लडाकू मारिएका […]

अहिलेसम्मकै बढी मान्छे सुत्न मिल्ने उच्त गतिको अत्याधुनिक रेल

Train

काठमाडाैं । चीनले अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु सुत्न मिल्ने अारामदायी रेल सञ्चालनमा ल्याएकाे छ । रेल यातायातको सुविधामा अनेकन योजनाहरू ल्याइरहेको चीनले याे नयाँ रेलकाे विकास गरेपछि विश्वभरि त्यसकाे चर्चा चलिरहेकाे छ। चीनले केही दिन अघि मात्र तीव्र गतिको रेल सञ्चालनमा ल्याएकाे थियाे । त्याे समाचारले सन्सनी मच्चाएको केही समयपछि नै बेइजिङ–शाङहाई लाइनमा चल्नेगरी प्रतिघन्टा २५० […]

हजाराै प्रदर्शनकारीलार्इ गिरफ्तार गर्दै जी २० शिखर सम्मेलन सुरु

merkel-G20-summit

अाशिष दर्नाल काठमाडाैं, २३ असार । जर्मनीकाे हैम्वर्ग सहरमा जी २० शिखर सम्मेलन सुरु हुनुअघि ठूला ठूला प्रदर्शन भएका छन् । साे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएकाे छ । जर्मन प्रहरीले प्रदर्शनमा सहभागी हजाराैलार्इ गिरफ्तार गरेकाे छ । जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका प्रमुख नेताहरु हैम्वर्ग पुगेका छन् । अमेरिकी राष्ट्रपति […]

अमेरिकाका युद्धपाेत चीनले कब्जामा लिएपछि ट्रम्प तनावमा

काठमाडौं । चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे । साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे छ । अाफ्ना युद्धपाेत चिनियाँ सेनाले कब्जा गरेपछि अमेरिका तनावमा छ । अमेरिकाले यस क्षेत्रलार्इ अाफ्नाे उपस्थिति […]

गरिबीमाथिको सङ्घर्षमा चीनले फड्को मार्दैछ– राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले विश्वकै सर्वाधिक जनसंख्या झण्डै एक अर्ब ३० करोड रहेको चीनले लामो समयदेखिको गरिबीविरुद्धको सङ्घर्षमा सफलता हासिल गरिरहेको मान्यता दिएको छ । चीनको उच्च गतिको रेलसेवा सञ्जाल विश्वमै सबैभन्दा ठूलो हो र सन् २०२० सम्ममा यो दोब्बर हु“दैछ ।  अति गरिबीको दर हरेक विकासशील क्षेत्रमा घट्दै गइरहे पनि चीनको प्रगति निकै अघि छ, नया“ […]

भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने चीनकाे चेतावनी

Nathu-La-Border-Sikkim

काठमाडाैं, १५ असार । भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही नाका हुँदै हजाराै तिर्थयात्रुहरु कैलाश मानसराेवर पुग्थे । पछिल्लाे समय साे नाकामा भारत र चिनियाँ […]

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]