१९५० को मैत्री सन्धि पुनरावलोकनमा विज्ञहरुको सुझाव

नेपाल-भारतबीच भएको १९५० को मैत्री सन्धिका बिबादित बुदाहरुमा पुनरावलोकन गर्दै दुई देश बिचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने एक कार्यक्रमका विज्ञहरुले सुझाव दिएका छन् । आइतबार टोकियोको इचिगायास्थित जाइकाको सेमिनार हलमा चुकुबा बिश्वबिधालयले आयोजना गरेको ‘१९५० को मैत्री सन्धिको सान्दर्भिकता र नेपाल-भारत सम्बन्ध’ बिषयक कार्यक्रममा पुनरावलोकनका बुदाहरुमा अध्ययन र अनुसन्धान गरिनुपर्नेमा पनि विज्ञहरुले जोडदिए । […]

तिवारी प्रकरणमा मेरो कुनै संलग्नता छैन- पत्रकार मल्ल

टोकियो – जापान बस्दै आएका पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप खेप्दै आएका पत्रकार तिलक मल्लले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई जबरजस्ती फसाउन खोजिएको स्पष्ट पारेका छन् । फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक बिषय एवं प्रसंग भएकोले एउटै घटनाकारुपमा नलिन उनले आग्रह गरे । […]

मनिस्कर्ट लेडीको यो भिडियो भाइरल बन्यो संसारभर (हेर्नुहोस भिडियो)

साउदी अरबका अधिकारीहरू एक महिलासित सोधपुछ गरिरहेका छन्, जसले मिनीस्कर्ट र छोटो टप्स लगाएको आफ्नो एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । खुलुद नामकी यी मोडलले एक चिरपरिचित ऐतिहासिक उसायकिर किल्लामा घुम्दै गर्दाको आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यो भिडियो चर्को चर्चाको विषय बनेको छ । केही मानिसले यसलाई रुढिवादी देशमा […]

मलेसियामा नेपाली सुरक्षागार्डले देखाएको बहादुरीप्रति संसारभर यस्तो प्रशंसा (भिडियो)

काठमाडौं । मेलेसियामा कार्यरत नेपालीहरुले गरेको कामप्रति अहिले विश्वभरका नेपालीहरुमाझ निकै चर्चा भइरहेको छ । मलेसियाको सुवाङजया भन्ने ठाउँको एक अपार्टमेन्टमा कार्यरत नेपालीहरुले जवरजस्त अपार्टमेन्टमा छिर्न खोज्ने एक व्यक्तिलाई बहादुरीपूर्वक कब्जामा लिएको भिडियो दृष्यले विश्वभर चर्चा पाएको हो । एकजना मार्सल आर्टका खेलाडीलाई नेपाली सुरक्षागार्डले नियन्त्रणमा लिएर झ्याइकुटी पार्दै लगेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको […]

नेपाल-भारत सम्बन्धका बिषयमा टोकियोमा अन्तर्कृया कार्यक्रमको आयोजना गरिदै

नेपाल भारत सम्बन्धका बिषयमा देश भित्र मात्रै नभै देश बाहिर पनि बहस हुन थालेको छ । सम्बन्धकै बिषयमा जापानको राजधानी टोकियोमा पनि यसै महिनाको २३ तारिख आइतबारका दिन एक अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको छ । टोकियोको इचिगाया स्थित जाइका इन्टरनेशनलको हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल भारत सम्बन्ध र बर्तमान अवस्थामा १९५० को सन्धिको […]

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

टोकियो, ३ साउन । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेर ३४ पुगेको छ । गत जुलाई ५ मा अविरण वर्षापछि आएको बाढीपहिरोमा परी अरू सात जना अझै पनि हराइरहेको अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्रभन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि […]

विश्वभरका नेपाली भाषी साहित्यकारलार्इ अस्ट्रेलियामा निम्तो

टाेकियाे । प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस वर्ष अस्ट्रेलियामा हुने भएकाे छ । अस्ट्रेलियाकाे पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिखमा सम्मेलन आयोजना गरिएकाे छ । पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो । पर्थमा नेपाली समुदायकाे अन्तर्राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम […]

मलेसियन कम्पनी र नेपाली युवाहरूको हविगत

गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा दुई दाजु नन्दसिंह बम र नारायणसिंह बम अनि दिज्यू रत्नपुरा बम र जूनपुरा बम छन् । जब म कक्षा […]

अान्दोलन लम्बिएपछि दार्जिलिङमा खाद्य संकट बढ्यो

झापा, ३१ असार । दार्जिलिङमा अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो। ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ। सहरभरि हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। हडतालका कारण सिंगो दार्जिलिङको जनजीवन प्रत्यक्ष प्रभावित छ। आन्दोलनकारी अझै हडताल फिर्ता लिने पक्षमा छैनन्। ‘आन्दोलन गन्तव्यमा नपुगेसम्म हडताल जारी राख्ने पक्षमा छन् जनता,’ आन्दोलन अघि बढाउन बनेको […]

उज्वेकिस्तानी युवतीका लागि काठमाडाैं विमानस्थलमा खतरानाक सेटिङ

काठमाडौं, ३० असार । नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेर अध्यागमनका कर्मचारीको ‘सेटिङ’ मा भारतको दिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढिसकेकी उज्वेकिस्तानी युवती पक्राउ परेकी छन् ।गैरकानुनी ढंगले नेपालमा बिनाभिसा (ओभर स्टे) बसेकी उज्वेक युवती नाजोकात जारिपोरालाई विमानस्थल अध्यामगनका कर्मचारीले गत सोमबार जेट एयरलाइन्सबाटै पक्रेका हुन् । जारिपोराले नेपालको भिसामा किर्ते गरेर मिति सच्याएकी थिइन् […]